शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला

मङ्गलबार, १६ असार २०७७, १४ : ०४
मङ्गलबार, १६ असार २०७७

बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए । 
घटनास्थलमा  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । 

मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ ।  कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । 

वडा अध्यक्षलाई सो समूहले रडजस्तो वस्तुले हान्दा चोटपटक लागेको डीएसपी खड्काले बताए । घाइते भएका वडाअध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले कुटपिटमा संलग्नको खोजीकार्य भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप