बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

व्यथाले च्यापेपछि अस्पताल अगाडि डेढ घण्टासम्म चिच्याइरहिन् गर्भवती, कान थुनेर बसे कर्मचारी

मङ्गलबार, १६ असार २०७७, १३ : २६
मङ्गलबार, १६ असार २०७७

एजेन्सी । ‘साहब मेरी श्रीमती गर्भवती छिन् । उनी निकै समस्यामा छिन् । उनलाई भर्ना लिनुस्,’ यो गुहार थियो कान्तुका पति मानसिंहको तर यसले गाउँको प्राथमिक स्वास्थ केन्द्रमा बसेका कर्मचारीको मन पग्लिएन ।  उनीहरुले जाँचै नगरी गर्भवतीलाई जिल्ला अस्पताल लैजान रेफर गरे । नजिकैको अर्को एक सरकारी अस्पतालले पनि भर्ना गर्न अस्विकार ग¥यो । यसरी नै डेढ घण्टा तड्पिएपछि महिलाले अस्पताल नजिकैको सडकमै बच्चा जन्माइन् । यो घटना भारतको राजस्तानस्थित बासवान्डा जिल्लाको हो । 

एम्बुलेन्स पनि उपलब्ध गराइएन 
कान्तुलाई सोमबार राती करणघाटी गाउँको प्राथमिक स्वास्थ केन्द्रबाट जिल्ला अस्पताल रेफर गर्दा एम्बुलेन्स समेत उपलब्ध गराइएको थिएन । अन्त्यमा, परिवारले उसलाई निजी सवारीमै बासवान्डा लैजानुप¥यो । दुखाई निकै बढेपछि उनीहरु बाटोमै पर्ने मोहकमपुरा अस्पताल पुगे, यहाँ पनि डाक्टरहरुले भर्ना लिन मानेनन् र चाँडोभन्दा चाँडो जिल्ला अस्पताल जान भने । 

डेढ घण्टा अस्पताल अगाडि नै तड्पिइन् प्रसुति 
कान्तुको दुखाई यति धेरै बढेको थियो कि यसभन्दा अगाडि यात्रा गर्न मुस्किल हुँदै थियो । केही खतरा भइहाले सायद अस्पतालले भर्ना लिनेछ भन्ने आशामा पति र सासुले मोहकमपुरा अस्पताल अगाडि नै रोकिने निर्णय लिए । 
डेढ घण्टासम्म यी महिला व्यथा लागेर चिच्याइरहिन्, तर यहाँका डाक्टर र नर्सिङ स्टाफले सुनेनन् । उनीहरुले वास्ता नगरेपछि सासुले यही नै डेलिभरी गराउने फैसला लिइन् । एक सैलुनवालाले एउटा चादर थिए, त्यसैको आडमा डेलिभरी गराइयो । 

बच्चा जन्मिएको आधा घण्टापछि अस्पतालका पूरुष नर्स खानचन्दले सडकमै बच्चाको नाल काटे र कुशलगढ जान सल्लाह दिए । तर यो परिवारले आफ्नै गाउँ फर्कने फैसला लियो ।  उनीहरु बाटोमै छँदा केही पुलिस भेटिए । उनीहरुले सुत्केरीको गम्भीर अवस्था देखेर उनलाई कुशलगढ सरकारी अस्पतालमा भर्ना गराइदिए ।
दोषी पत्ता लगाएर कारबाही गर्नका लागि अहिले प्रहरीले छानविन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप