सुशान्तको तस्बिरले सजिएको थियो पूर्वप्रेमिका अंकिताको घर

एजेन्सी - गत जुन १४ मा आफ्नै घरमा झन्डिएर आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएका धेरै चीजहरुका बारेमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरु भरिएका छन्् ।
सुशान्तको आत्महत्याले बलिउडभित्रको नेपोटिज्मको खुलेर विरोध भइरहेको छ भने उनको मृत्युपछि उनीसँग जोडिएका तस्बिर, सम्बन्ध तथा उनले गरेका राम्रा कामहरुको प्रशंसा भइरहेको छ । साथै, उनका यादमा उनका प्रशंसकहरुले निकै पीडा समेत पोखिरहेका छन् ।
यसैबीच, उनकी पूर्वप्रेमिकासँगको सम्बन्धको बारेमा पनि निकै चर्चा भइरहेको छ । सुशान्तका एक प्रशंसकले उनकी पूर्वप्रेमिकाको एउटा पुरानो तस्बिर शेयर गरेका छन् । तस्बिरमा अंकिता लोखण्डे आफ्नी आमासँग देखिएकी छिन् भने उनको पछाडि घरका भित्ताहरुमा सुशान्तसँगका तस्बिरहरु टाँगिएका छन् ।
यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिर हेर्नेहरुले सुशान्त र अंकिताबीच गहिरो प्रेम रहेका प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा