मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

मङ्गलबार, १६ असार २०७७, १३ : १५
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । चितवन, मोरङ, रुपन्देही, धनकुटा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

चितवनको भरतपुरमहानगरपालिका-१९ सत्रकिलोस्थित सडकमा बा.१३ च ५९२९ नम्बरको स्कारपियो र एनएल ०१ क्यू ५१०६ नम्बरको ग्याँस बुलेट एक-आपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कारपियोमा सवार हेटौंडा उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीया प्रभा गौतमको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका स्कारपियोमामा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रहेका ग्याँस बुलेटका चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी मोरङको धनपालथानगाउँपालिका-५ स्थितलखना रायको खेत जोत्ने क्रममा को.२ त ६२१८ नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरले च्यापिएर चालक सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय मोहमद सजाद मियाँको सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको छ । 

यसैगरी रुपन्देहीको सैनामैनानगरपालिका-८ शान्तिटोलस्थित सडकमा लु.२ च ८५२९ नम्बरको कार रलु.५२ प ६२२९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालकसोही नगरपालिका-१ बनकट्टा बस्ने ३२ वर्षीय सन्तोष परियार रमोटरसाइकलमा सवार उनकै बुवा ५० वर्षीय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार रचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ पुरानो सडकमा लु.१७ प ३१७५ नम्बरको मोटरसाकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दिलमान राईको सोमबार राति मृत्यु भएको छ । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो  ।ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनकुटाको सागुरीगढी गाउँपालिका-६ कार्की छापस्थित सडकमा को.१ख ४३६६ नम्बरको ट्रकले सोही ठाउँ बस्ने ४० वर्षीयाकल्पना सुब्बाको घरमा ठक्कर खाई करिब ५० फिट तल खसेर दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका ट्रक चालकको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

 दुर्घटनामा चोट लागेर सामान्य घाइते भएकी सुब्बाकी१२ वर्षीया छोरीजुनु सुब्बाको स्थानीय मेडिकल भेडेटारमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् । 

ट्रकको ठक्करबाट उनको घर पूर्णरुपमा क्षति भएको छ । ट्रकको सह-चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

कैलालीको बर्दगोरिया गाउँपालिका-१कट्टिपुर चोकस्थित सडकमा भे.६प २५२० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय रमेश परियार घाइते भएका छन् भने उनका ५ वर्षीय छोरा हिमान्सुपरियारको सोमबार राति मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका हिमान्सुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते रमेश र मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप