शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेहुलाको मृत्यु, विवाहमा सरिक भएका ९५ पाहुना कोरोनाद्वारा संक्रमित

मङ्गलबार, १६ असार २०७७, १२ : ५९
मङ्गलबार, १६ असार २०७७

भारतको पटनास्थित एक विवाह समारोहमा सरिक भएका ९० जना बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । गुरुग्रामका सफ्टवेयर इन्जिनियर ३० वर्षका बेहुलाको विवाहको दुई दिनपछि मृत्यु भएको छ ।

संक्रमणको लक्षण देखिएता पनि उनको कोभिड–१९ परीक्षण बिना नै अन्तिम संस्कार गरिएको छ ।

पटनाको जिल्ला प्रशासनलाई बेहुलाको मृत्यु भएको थाहा भएपछि उनका नजिकका आफन्तको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जुन १५ तारिखमा आयोजित विवाहमा सरिक भएका १५ जनामा कोरोनाभाइरस पुष्टि भयो ।

त्यसपछि प्रशासनले कन्ट्याक्ट ट्रेसिङ सुरु गर्यो । सोमबार ८० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पटनाको प्रशासनले बेहुलाको भने कोभिड–१९ परीक्षण गर्न पाएन किनभने उनको परिवारले कुनै जानकारी बिना नै अन्तिम संस्कार गरिसकेका थिए ।

स्रोतका अनुसार ३० वर्षे बेहुला मे १२ तारिखमा विवाहका लागि आफ्नो देहपाली गाउँ फर्किएका थिए । त्यतिबेला उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । लक्षणलाई वास्ता नगरी उनको परिवारले विवाहको कार्यक्रम अघि बढाए ।

विवाह गरेको दुई दिनपछि उनको स्वास्थ्य अवस्था नाजुक भयो । अस्पताल पुर्याउने क्रममा नै उनको मृत्यु भयो ।

बेहुुलाको मृत्यु भएपछि विवाहमा सरिक भएका सबै पाहुनाको कोरोना परीक्षण गरियो । ९५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपनि बेहुलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रशासनले बेहुलाको परिवारले नियमको व्यापक उल्लंघन गरेको बताएको छ ।

यसका साथै विवाहमा ५० जना मात्रै सरिक हुन पाउने नियमको पनि उल्लंघन गरिएको प्रशासनले बताएको छ ।

स्रोतः इन्डिया टुडे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप