शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक, कति पुगे संक्रमित ?

मङ्गलबार, १६ असार २०७७, १२ : ३७
मङ्गलबार, १६ असार २०७७

भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १७ हजार नजिक पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको मङ्गलबार बिहानभारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । 

भारतमा  दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख  ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ  । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् । 

 देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख  ३४ हजार ८२२ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप