परीक्षणको दायरा व्यापक बनाउन कांग्रेसद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
नेपाली काँग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।
क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भइका विरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।
भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताएका थिए । सह—महामन्त्री महतले स्वास्थ्यमन्त्रीको भनाई उदृत गर्दै भने, ‘‘मन्त्रीज्यूले सकेसम्म पारदर्शी हुने प्रयास गर्दैछौँ भन्नुभएको छ । परीक्षणको दैनिक १० हजारको गर्ने गरी तयारी भएको बताउनुभएको छ । आगामीअगष्ट ५, ६ सम्म नेपालमा ८० हजार संक्रमित पुग्ने अनुमान मन्त्रालयले गरेको रहेछ । यस्तो अवस्थामा कसरी नियन्त्रणका लागि अगाडी बढ्ने भन्ने विषयमा तयारी भइरहेको बताउनुभयो ।’’
महतको नेतउृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउँद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान