श्रीमती हत्याका आरोपीले रिहा भएलगत्तै दुई बहिनीको समेत हत्या
भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् ।
उनले हतियार प्रहार गरी परिवारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ ।
उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए ।
प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ ।
उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई