बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको विरोधमा आन्दोलन गर्दै जसपा नेपाल

मङ्गलबार, १६ असार २०७७, १२ : १४
मङ्गलबार, १६ असार २०७७

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा जनत समाजवादी पार्टीले आज देशभरि विरोधका कार्यक्रम आयोजना गर्दैछ । 

नागरिकतामा वैवाहिक अंगीकृतका लागि सात वर्षे प्रावधान राख्न लागेकोमा जनता समाजवादी पार्टीले विरोध गर्दै आइरहेको छ । नेपाली पुरुषसँग विदेश महिलाले विहे गरेको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सकिने प्रावधान विधेयकमा रहेको छ । त्यो प्रावधान स्वीकार नहुने भन्दै जसपा नेपाल आन्दोलित भएको छ । जसपा नेपालले नागरिकता ऐनमा हाल कायम रहेको प्रावधान नै राख्नुपर्ने माग गर्दै आइरहेको छ ।

देशैभर आन्दोलनका कार्यक्रम घोषणा गरेको जसपाले राजधानी काठमाडौको माइतीघरमा विरोधका कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रममा जसपाका वरिष्ठ नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरुको उपस्थिति रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप