रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मङ्गलबार, १६ असार २०७७, ११ : ५९
बुटवल – रुपन्देहीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–९ को भित्री बाटोमा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए ।
घाइते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा