शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

मङ्गलबार, १६ असार २०७७, ११ : ४४
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । मंगलबार विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् । पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्समा पुगेको तथा पछिल्लो समय आफैले दिएको अभिव्यक्तिले विवादमा तानिएका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओलीले गत सोमबार जननेता मदन भण्डारी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफुले भारतले मिचेको जमिन समेटेर नक्सा जारी गरेपछि भारतले आफुलाई हटाउन चलखेल गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।  तर प्रम ओलीको उक्त अभिव्यक्तिलाई नेपालको राजनीतिज्ञ र कुटनीतिज्ञले आफ्नो असफलता ढाकछोप गर्न भारतलाई दोष दिएको भन्दै प्रमको उक्त अभिव्यक्तिको आलोचना हुँदै आएको छ । प्रधानमन्त्रीले भारतले भन्दैमा आफु नहट्नेसमेत बताएका थिए ।

राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली बालुवाटर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप