शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि

मङ्गलबार, १६ असार २०७७, ०८ : ४९
मङ्गलबार, १६ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या १ हजार ९७२ पुगेको छ । यसअघि नै ३ सय ८८ संक्रमित निको भइ घर गईसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएका मध्ये कैलालीका ४० पुरुष र ९ महिला, बाजुराका १२ पुरुष र १३ महिला, डोटीका २ पुरुष र १३ महिला रहेका छन् ।

त्यसैगरि बैतडीका २ पुरुष र १ महिला र डडेल्धुरा २ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म १८ हजार ६७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १५ हजार ७०१ मा नेगेटिभ आएको उनले बताए । ४५८२ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख ११ हजार ३१२ जनामा परीक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका १३३, बैतडीका २३४, बझाङ्गका ७२ ,बाजुरा ३१२, डडेल्धुराका २२९, दार्चुलाका १७, डोटीका ४०७, कैलालीका ६५५ र कंचनपुरका ३०७ गरी २ हजार ३६६ रहेका छन । जसमा महिला ५३४ र पुरुष १ हजार ८३२ संक्रमित फेला परेका हुन् ।

क्वारेन्टिन ११ हजार ५९६ पुरुष र २ हजार ७७३ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद ३० र संक्रमित ८२ गरी ११२ जनाको उपचार भइरहेको छ । ६६७ जना भने सामान्य उपचार पछि घर गइसकेका छन ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४१, महाकालीमा १५, अछाममा १०, बझाङ्गमा १, डोटी २, दार्चुला १ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप