शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशका रक्षा सचिवको कोरोनाका कारण मृत्यु

सोमबार, १५ असार २०७७, २२ : ३२
सोमबार, १५ असार २०७७

एजेन्सी । बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।   उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९ः३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । 

बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए । उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए । बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप