बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

सोमबार, १५ असार २०७७, २० : ५७
सोमबार, १५ असार २०७७

दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । 

दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन् ।

दलित अधिकारकर्मी रेणु सिँजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारवाही नगरेको गुनासो गरिन्। सो घटनामा छ जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप