शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सलह व्यवस्थापनको पोखरामा छैन तयारी

सोमबार, १५ असार २०७७, २० : ४०
सोमबार, १५ असार २०७७

आइतबार बिहान ठिक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह कीरा प्रवेश ग-यो ।’

पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु पराजुली नामका एक व्यक्तिको सटर अघि सलह भेटिएको दाबी गर्दै उनले सचेत रहन आग्रह गरेका थिए । 

कोइरालालले फेसबुकमा पोखरामा सलह भेटिएको जानकारी दिँदासम्म तराईका केही जिल्लामा सलह ठूलो संख्यामा भित्रि सकेको थियो । उनले फेसबुकमा सलह जस्तो लाग्ने फोटोसहित सलह पोखरा भित्रिएको दाबी गरें पनि सलह नै हो या अरु कुनै प्रजातीको किरा हो पुष्टि भई सकेको थिएन । सलह नै हो या अरु केही अन्यौल नै थियो । होइन होला जस्तो पनि लाग्यो धेरैलाई । 

त्यस लगत्तै दिउँसो १२ बजेर ४२ मिनेट जाँदा पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा १७ मतगौंडामा ८, १० वटा सलह भेटिएको लेखें । 
ठूलो संख्यामा नदेखिए पनि तितर बितर भएर केही संख्या मात्रै पोखरा भित्रिएको हुन सक्ने उनको अनुमान थियो । 

कृषि महाशाखा प्रमुखले नै सलह आएको पुष्टि गरि सकेपछि न्युज पोर्टलमा समाचारहरु पनि लगालग आउन थाले । यसको व्यवस्थापनमा सरोकारवाला निकाय लाग्नुपर्ने उनले फेसबुकमा लेखेका थिए ।

भोकले आक्रान्त सलहले ठुलो मात्रामा खाद्यान्न बाली नष्ट गर्ने बताइए पनि नेपालमा यसले कतिको बाली नष्ट ग-यो । यसको यकिन तथ्यांक पनि आई सकेको छैन । 

ठूलो मात्रामा सलह भित्रिएको प्रदेश नम्बर पाँचले प्रति केजी २० रुपैयाँ प्रोत्साहन स्वरुप दिने बतायो । केहीले सलह समाएर प्रोत्साहन भत्ता पनि लिए । यद्यपि, पोखरामा भने सलह प्रवेश गरि हाले सलह व्यवस्थापनको लागि के गर्ने ? अझैं टुगों लागेको छैन । 

हिजो केही मात्रामा महानगरका विभिन्न ठाउँबाट सलह भेटिएको खबर आए पनि सोमबार भने सलहबारे कृषकबाट महानगरमा कुनै जानकारी नआएको महानगरका कर्मचारीहरुले बताएका छन् । 

सलहको ठूलै झुण्ड भित्रि हालेमा यसको व्यवस्थापनको लागि महानगरले के विकल्प बनाएको छ ? हामीले पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले छलफल भईरहेको बताए । छलफलले सलह व्यवस्थापनको टुंगो भने लगाई सकेको छैन । ‘यो विषयमा महानगरमा छलफल भई रहेको छ,’ उनले छोटो प्रतिक्रिया दिए, ‘छिटै टुंगोमा पुग्छौं ।’
सलह हो कि अर्कै किरा हो ?

ठूलो झुण्डमा देखिने सलहको स्वरुप फट्याङ्ग्रासँग मिल्ने हुनाले केहीले पोखरामा देखा परेको किरा सलह नभई फट्याङ्ग्रा भएको समेत दाबी गरेका छन् । यस विषयमा पोखरा महानगरका कृषि महाशाखा प्रमुखसँग हामीले सोध्यौं ? यस विषयमा बुटवलमा देखिएको सलह र यसको हुलिया मिलेको बताए ।

 ‘बुटवलमा देखा परेको सलहको हुलसँग पोखरामा भेटिएको सलहको पनि हुलिया मिल्छ,’ उनले भने । महानगरका विभिन्न स्थानबाट कृषकहरुले सलह भेटिएको जानकारी गराएपछि फिल्डमै पुगेर निरिक्षण गरेको उनले बताए । 

सलह नै भेटिएको भए पनि अहिले नै आत्तिई हाल्नु पर्ने अवस्था नरहेको उनको भनाई छ । सलहको सन्तान उत्पादनको लागि बालुवा अथवा मरुभुमी नै उपयुक्त हुने विज्ञहरुले बताई सकेको हुँदा ठूलो मात्रामा सलहले क्षति नपु¥याउने उनको भनाई छ । ‘छिटपुट आएको हुन सक्छ । पोखराका केही स्थानमा देखिए,’ उनले भने, ‘तर, यही अवस्थालाई हेर्ने हो भने आत्तिई हाल्नु पर्ने अवस्था छैन ।’

भारत र पाकिस्तानमा ठूलो क्षति पु¥याई सकेको सलह ३० वर्षको अन्तरालमा नेपाल आएको विज्ञहरु बताउँछन् । मनसन सुरु भएसँग नेपालमा पनि सलह छिरेको छ । यसअघि सलहले भारतमा ताण्डव मच्चाए पनि नेपालमा भने सलह नभित्रिने अनुमान पनि भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप