शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको ‘जीन सिक्वेन्सिङ’ अध्ययन गर्दै एनएचआरसी

सोमबार, १५ असार २०७७, २० : २९
सोमबार, १५ असार २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना संक्रमितको जीन सिक्वेन्सिङको अध्ययन गर्न सुरु गरेको छ । यस अघि परिषद्ले सरकार लगाएत सम्बन्धित निकायसँग अनुमति नलिइकन कोरोना संक्रमित पहिलो व्यक्तिको भाइरस (जनेटिक) विदेशी संस्थालाई दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको थियो । 

नोवेल कोरोना (१९) संक्रमण भए नभएको पत्ता लगाउन  पठाइएको नमूना सम्बन्धित निकायलाई जानकारी नदिइकन अन्य प्रयोजनका लागि नेपालीलाई संक्रमण गरेको भाइरस ‘जीन सिक्वेन्सिङ’का लागि विदेशी संस्थालाई दिइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्पष्टीकण पत्रमा उल्लेख गरेको थियो ।

‘परिषद्को स्वीकृति लिनुपर्नेमा सो नलिई उक्त अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको पाइएको हुँदा तपाईंहरुले परिषदबाट स्वीकृति नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत् तपाईहरुलाई किन कारवाही नगर्ने?’ ०७७ वैशाख २९ गते (एनएचआरसी) ले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको थियो । 

हाल नेपालमा कोभिड (१९) को लक्षण विना ९८ प्रतिशत भन्दाबढि कोरोना संक्रमित भेटिएको अवस्थामा एनएचआरसीले आफैले कोरोना संक्रमित १५ जनाको अणुवांशिक वा जीन सिक्वेन्सिङको अध्ययन गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का स्वास्थ्य अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले बताए ।

जीन सिक्वेन्सिङ अध्ययन गर्न डेढ महिना लाग्छ । १५ जनाको जीन सिक्वोन्सिङको संकलन गर्दा फरक– फरक जिल्ला, समुह, कोरोना संक्रमण कारण मृत्यु भएका र निको भएका व्यक्तिको स्याम्पल अध्ययन गरिएको (एनएचआरसी) का स्वास्थ्य अनुसन्धान शाखा प्रमुख डाक्टर धिमाल बताउँछन् । 

एनएचआरसीमा वर्तमान कोरोना संक्रमित फरक–फरक व्यक्तिको १५ वटा स्याम्पल अध्ययन भइरहे पनि विस्तारै अध्ययनका लागि अन्य स्याम्पललाई बढाउँदै जाने उनी बताउँछन् । १५ जनाको जीन सिक्वोन्सिङको अध्ययन करिब ढेड महिनामा सकिने उनको भनाइ छ ।

एनएचआरसीले गरेको जीन सिक्वोन्सिङको अध्ययन सकिएपछि प्रभावकारीता बारेमा निकिर्योल गर्न विदेश पठाइने डाक्टर धिमाल बताउँछन् ।

जीन सिक्वेन्सिङको अध्ययनपछि के–के पत्ता लाग्छ ?

१५ जनाको जीन सिक्वोन्सिङको अध्ययनको नतिजा सार्वजनिक भएपछि नेपालमा कोभिड (१९) को भाइरसको अवस्थाको बारेमा थाहा पाउन सकिन्छ । यस्तै कोरोना संक्रमित अवस्था कस्तो–कस्तो थियो ।

कुन राष्ट्रबाट आएका कोभिड (१९) संक्रमितको अवस्था तथा प्रभावका बारेमा जानकारी पाउन सकिने डाक्टर धिमाल बताउँछन् । 

जीन सिक्वोन्सिङ १५ जना लिएका मध्ये केही कोरोना संक्रमणका मृत्यु भएका, संक्रमण भएर निको भएका, फरक–फरक देशबाट आएका नागरिक, भिन्न–भिन्न जिल्लाका मानिसहरुको स्याम्पल लिएको हुँदा डेढ महिनाको अध्ययन पछि सबै जनाको बास्तविक अवस्थाका बारेमा थाहा पाइने उनको भनाइ छ । 

जीन सिक्वोन्सिङको स्याम्पल अध्ययनबाट कस्तो–कस्तो प्रकारको भाइरस पत्ता लाग्ने समेत उनले बताए । सरकारले यस्ता अध्ययन अनुसन्धालाई निरन्त्रता दिनुपर्छ ।
    
विश्वमा कोरोना महामारी सबै देशमा फैलिएको छ । प्रायः सबै देशमा कोरोना संक्रमित व्यक्तिमा लक्षण देखिएको छ । तर नेपालमा भने करिब ९८ प्रतिशत कोभिड (१९) संक्रमितहरु लक्षण बिहिन किन देखापरे भन्ने बारेमा जान्न सबै जना जान्न उत्सुक भएको बेलाम आफैले अध्ययन अनुसन्धानमा नेपाल आफै संक्रिय हुनु सकारात्मक पक्ष भएको जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणी दिक्षित बताउँछन् । 

विश्वभर कोरोना महामारीको बेलामा नेपालले आफै फरक–फरक क्षेत्रका व्यक्तिको जीन सिक्वोन्सिङको अध्ययन गर्न विदेश नपठाएर स्वदेशमा थाल्नु सरहानीय कार्य भएको उनी बताउँछन् । 

जनस्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान गर्नका लागि सरकारले स्रोत साधन उपलब्ध गराउनका सकेको खण्डमा स्वदेश र विदेशमा रहेका दक्ष नेपाली विज्ञानिकलाई बातावरण दिएको खण्डमा जनस्वास्थ्यको क्षेत्रका धेरै अध्ययन गर्न सकिने उनी बताउँछन् ।

जीन सिक्वोन्सिङको अध्ययनका लागि छुट्टै जनशक्ति नखटाए पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कायररत जनशक्तिलाई नै खटाइएको छ । सरुवा रोग महामारीको बारेमा राज्यको नजर कम पर्दा अध्ययन अनुसन्धान कम भएको डाक्टर धिमाल बताउँछन् । 

जीन सिक्वोन्सिङको अध्ययनसँगै चुनौति र अवसर दुवै  भएको उनको भनाइ छ । अन्तराष्ट्रिय स्तरको जनस्वास्थ्यसम्वन्धी अध्ययन अनुसन्धान नेपालको परिकल्पना भएको कारण अध्ययन अनुसन्धानलाई चासोका साथ अगाडि बढाउनुपर्ने उनी बताउँछन् । 

कोभिड -१९ संक्रमित १५ जनाको जीन सिक्वेन्सिङका डेढ महिनासम्म अध्ययन गरेर नतिजा सार्वजनिक हुनजेल करिब ५५ देखि ६० लाख खर्च लाग्ने एनएचआरसीले अनुमान गरेको स्वास्थ्य अनुसन्धान शाखा प्रमुख धिमाल बताउँछन् । 
 


 
 
 
 
 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप