शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवका दाजु चन्द्रबहादुर चन्द पुनः पक्राउ

सोमबार, १५ असार २०७७, २० : २४
सोमबार, १५ असार २०७७

बुटवल असार । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य  एवम  मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘बीरजंग’लाई प्रहरीले पक्राउ गरेको छ । 

उनी पार्टी महासचिव विप्लवका दाजु हुन् ।  संगठित अपराधसम्वन्धी मुद्दामा सोमवार दाङ जिल्ला अदालतमा १५ हजार धरौटीमा  रिहा भएका चन्दलाई प्रहरीले पुन : पक्राउ गरेको  प्रहरीको प्रदेश ५ प्रबक्ता एसएसपि राजकुमार बैदावारले जानकारी दिए । 

बैदवारका अनुसार  उनलाई प्रहरीले संगठित अपराधसम्वन्धी मुद्धामा पुन काभ्रे जिल्ला पठाएको छ । पक्राउ परेका चन्दलाई राज्य विरुद्धको संगठिक अपराधमा काभ्रे जिल्लामा मुद्दा भएकाले प्रहरीले पक्राउ गरेको बताइएको छ ।

अदालतबाट रिहाई भएका चन्दले पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ठाउँठाउँ एकै किसिमको मुद्धामा फसाउने  काम गरेर सरकार आफैले ले बनाएको संविधानको उल्लघन गर्ने काम गरेको प्रतिक्रिया दिएका थिए  ।

चन्द गएको असोज ३० गते राति नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेठाबाट पक्राउ परेका थिए । 

राप्ती व्यूरोका बैठकबाट चन्दसहित नेकपाका २१ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए । पक्राउ परेका अन्य भने रिहाइ भैसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप