शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसद्वारा नागरिकता विधेयकको विरोधमा जनकपुरमा प्रदर्शन

सोमबार, १५ असार २०७७, १९ : ५२
सोमबार, १५ असार २०७७

जनकपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेपका) नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली काँग्रेसले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

काँग्रेसले विधेयक महिला विरोधी र विभेदपूर्ण रहेको भन्दै सरकारविरुद्ध नेतृत्वमा विरोधमा नगर प्रदर्शन गर्दै र्याली निकालिएको छ । जनकपुरधामको क्याम्पस चोक, मुरली चोक, राम चोक, जनक चोक हुँदै भानु चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा धनुषा सभापति महेश शंकर गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाए ।

राज्य व्यवस्था समितिबाट विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय भएकोप्रति उनले असन्तुष्टि जनाए । 

राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुले समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै यसबाट अनेक शंका उब्जाएको बताएका थिए । विरोध सभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

विरोध र्यालीमा पूर्व सांसद चन्द्रमोहन यादव, प्रदेशसभा सदस्य सरस्वती चौधरी, क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, क्षेत्र नम्बर ३ (क) का सभापति दिनेश दिपक, क्षेत्र नम्बर ३ (ख) का सभापति शिवजी राय, जिल्ला उपसभापति संतोष यादव, काँग्रेस नेता गणेश तिवारी, जिवनाथ चौधरी, क्षिरेश्वर नगरपालिकाका मेयर समेत रहेका क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पजियार, तरुण दलका जिल्ला अध्यक्ष संजय लाभ कर्ण, सुजित मिश्रा, तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम साह लगायतक वक्ताहरुले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप