चीनमा विद्यालय शिक्षा छाड्ने दरमा ९९ प्रतिशतले कमी आयो
बेइजिङ । चीनमा विद्यालय शिक्षा छाड्ने दरमा राष्ट्रव्यापी रुपमा झण्डै ९९ प्रतिशतले कमी आएको छ । चीनमा नौ वर्षको अनिवार्य स्कुल शिक्षा प्रणाली छ । चीनको शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ को शुरुमा करिब छ लाखले विद्यालय शिक्षा छाडेका थिए भने यसवर्षको जुन १४ सम्ममा ६ हजार ७८१ जनाले मात्र विद्यालय शिक्षा परित्याग गरेका छन् ।
मन्त्रालयले तयार पारेको अनिवार्य विद्यालय शिक्षाको प्रावधानको कार्यान्वयनमा कडाई गरेपछि विद्यालय छाड्ने दरमा कमी आएको बताइएको छ । चीनमा अहिले शारीरिक कठिनाईका कारण विद्यालयमा उपस्थित हुन नसक्ने बाहेक अरु सबैलाई विद्यालय शिक्षामा अनिवार्य समेटिने गरिएको मन्त्रालयको भनाई छ ।
नवौं वर्षको शिक्षा पूरा गर्ने विद्यार्थीको दरलाई पनि सन् २०२० को अन्त्यसम्ममा ९५ प्रतिशत पुर्याउने मन्त्रालयले जनाएको छ । चीन सरकारले गरिब परिवारका बालबालिकालाई अनिवार्य शिक्षामा समाहित गर्न विशेष पहल र कार्यक्रम शुरु गरेकै कारण विद्यालय छाड्ने दरमा कमी आएको हो ।
कोरोनाभाइरस समेतका महामारीका कारणबाट विद्यालय छाड्न नपर्ने वातावरण पनि तयार पारिएको शिक्षा मन्त्रालयले बताएको छ । रोजगारीका लागि पढाई छाड्ने विद्यार्थीहरुका निम्ति पुनः विद्यालय शिक्षामा समावेश गर्न तथा बालश्रमका लागि बालबालिका लैजाने गिरोहलाई कडा कारबाही गर्न सरकारले नयाँ निर्देशिका समेत जारी गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?