बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के होला निर्णय ?

सोमबार, १५ असार २०७७, १८ : ५५
सोमबार, १५ असार २०७७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साँझ ६ बजेदेखि सुरु भएको हो । 

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयका साथै हवाइ सेवा सञ्चालनका विषयमा छलफल हुने बुझिएको छ । 

यसअघि आजै कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक बसेको थियो भने बैठकले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

सीसीएमसीको बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप