बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सञ्चित कोष विधेयक पारित

सोमबार, १५ असार २०७७, १८ : २५
सोमबार, १५ असार २०७७

रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभामा आज आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यका लागि प्रदेश नं ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ ।  सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको घोषणा गरे ।

यसअघि मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले सोसम्बन्धी विधियेक पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्दै सञ्चित कोषबाट केही रकम खर्च गर्ने प्रबन्ध अस्थायी भएको र  प्रदेशसभाबाट अधिकार प्राप्त मात्र गर्न खोजेकाले यस्तो विषयमा  विमति जनाउने प्रचलन राम्रो  नभएको बताए । सो विधेयकमा विपक्षी दल नेपाली कांग्रेसले विमति जनाएको थियो । 

प्रदेश नं ५को  प्रदेशसभामा कार्यव्यवस्था परामर्श व्यवस्था महाशाखाको तालिकामा केही फेरबदल भएपछि प्रदेशसभामा विपक्षी दलका सदस्य अनुपस्थित हुँदा प्रदेशसभा एक घण्टा स्थगन भएको थियो । प्रदेशसभाका सचिव दुर्लभ पुनले मुख्यमन्त्री पोखरेलको समयाभावका कारण तालिकामा फेरबदल भएको र विपक्षी दल सहमत भएपछि प्रदेशसभा सञ्चालन भएको बताए । विनियोजन विधेयकमाथिको छलफल तालिका असार १६ गतेसम्म रहेकामा परिवर्तन गरेर विनियोजन विधेयकमाथिको छलफल आजै सकिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप