शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

सोमबार, १५ असार २०७७, १७ : ५६
सोमबार, १५ असार २०७७

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा  आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । 

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै  सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।  पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले  बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको  छ । 

सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन  बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप