बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

सोमबार, १५ असार २०७७, १७ : ०३
सोमबार, १५ असार २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको  अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

 त्यसैगरी अख्तियारले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडानम्बर ४ मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप