भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील
सोमबार, १५ असार २०७७, १६ : ५७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन अपील गरेको छ ।
मन्त्रालयले अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भीड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।
कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधि प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गर्दै सचेतना अपनाउन र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
-
यस्तो छ लगानी सम्मेलनको कार्यक्रम तालिका
-
बझाङमा आइतबारदेखि मतगणना हुने