बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाही झडप प्रकरण : व्यक्तिगत झगडाले पार्टीगत रुप लियो

सोमबार, १५ असार २०७७, १६ : ४१
सोमबार, १५ असार २०७७

जनकपुर । सर्लाहीमा भएको व्यक्तिगत झगडाले पार्टीगत रुप लिएको छ । 

सर्लाहीको धनकौलमा भएकोआपसी विवादलाई पार्टीगत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बेलुका नेकपाले प्रदर्शनको तयारी गरिरहेका वेला नेपाली काँग्रेसले आक्रमण गरेपछि झडप भएको थियो ।

झडपमा परी  ३ जना प्रहरी, १५ जना नेकपाका कार्यकर्ता र ३ जना काँग्रेस कार्यकर्तासहित २१ जना घाइते भएका छन् । घटनामा संलग्न एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

झगडाको सुरुवात 
केही दिन पहिला धनकौल गाउँपालिका वडानम्बर २ स्थित पेट्रोलपम्प नजिक स्थानीय १६ वर्षीय राजिब कुमार साहले आफ्नो ट्रयाक्टर नहर हुदैँ जाँदा गर्दा स्थानीय धर्मेन्द्र साहसहित ७ जनाले बाटो छेकेर राजिवलाई कुटपिट गरेका थिए । उनीहरुको कुटपिटबाट साह सामान्य घाइते भएका थिए ।सोही झगडालार्ई आइतबार पार्टीगत रुप दिइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए । 

घाइते पक्ष नेकपा र कुटपिट गर्ने पक्ष नेपाली काँग्रेस पार्टी समर्थक हुन् । सोही विषयलाई इगोका रुपमा लिएर आइतबार भएको झडपमा ढुंगा हानाहान भएको र गोली समेत चलेको आवाज सुनिएको प्रवक्ता मिश्रले जनाए । 


झडपमा परी प्रहरी नायव निरीक्षक राज कुमार यादव, प्रहरी हवल्दार रामबाबु साह र प्रहरी जवान तिलक मगर घाइते भएका छन् । त्यस्तै नेकपातर्फका १५ जनालाई गोलीको छर्रा लागेको छ । संजिव यादव, राकेश कुमार सिंह, रामबिनय पासवान, सुनिल कुमार साह, नितेश कुमार सिंह, बिजय कुमार साह, बिलासि राय, रामचन्द्र हजारी, अरुन कुमार राय, मोहमद शेख, बिजय सिंह, महबुब हनसारी, सुरज कुमार सिंह, सुनिल महतो र नागेश्वर सहनीलाई गोलीका छर्रा लागेको छ  ।

त्यस्तै काँग्रेस तर्फका लक्ष्मण साह, रणधिर राजन बर्मा र बैधनाथ सहनी पनि घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

 घटनापछि प्रहरीले सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय मुकेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप