शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डसेर ५ वर्षीया बालिकाको मृत्यु

सोमबार, १५ असार २०७७, १५ : ५९
सोमबार, १५ असार २०७७

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ । 
    
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिए ।

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र  सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पु¥याइएको उनले बताए ।  
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप