शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरुमारानी गाउँपालिकाले अनाथ बालबालिकालाई भत्ता दिने

सोमबार, १५ असार २०७७, १५ : ४८
सोमबार, १५ असार २०७७

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले संरक्षकविहीन बालबालिकालाई मासिक भत्ता दिने भएको छ । भत्ता दिनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । 

अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ सा कार्यक्रम पालिकाले अगाडि बढाएको हो । पालिका गत  आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ अनाथ बालबालिकालाई मासिक भत्ता दिने गरी कार्यक्रमको कार्यविधि तयार गरेर प्रभावकारी कार्यान्वयनका लागि अगाडि बढेको पालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

भत्ताका लागि पालिकाका ६ वटै वडाका ६५  अनाथ बालबालिका छनोटमा परेका छन् । संरक्षकविहीन बालबालिकाका लागि विनियोजित बजेटबाट पुग्ने गरी भत्ता दिने तयारी भइरहेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण आचार्यले बताए । अबको केही दिनमा अनाथ बालबालिकालाई भत्ता वितरण गरिने उनको भनाइ छ । 

४२ अपाङ्गतालाई मासिक भत्ता 
 गाउँपालिकाले अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षको शुरुदेखि नै मासिक भत्ता वितरण गर्दै आएको छ । यस क्षेत्रका नयाँ अपाङ्गता भएका तथा साविक महिला तथा बालबालिका कार्यालयबाट  नवीकरण गरेका अपाङ्गता व्यक्तिलाई मासिक रु पाँच सयका दरले वितरण गरिएको हो । 

पालिका क्षेत्रका अन्य अपाङ्गता भएका ‘ग’ वर्गका व्यक्तिको तथ्याङ्क सङ्कलन पनि भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप