बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीसीएमसीपछि मन्त्रिपरिषद् बैठक : सीमा नाका र हवाइ उडानबारे निर्णय हुने

सोमबार, १५ असार २०७७, १५ : १४
सोमबार, १५ असार २०७७

काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपरान्ह चार बजेपछि बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

यसैबीच, उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक जारी छ । 

सिंहदरबारमा* बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा  छलफल भइरहेको छ । 

त्यस्तै सीसीएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा  सिफारिस गर्ने सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए । 

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो । 

त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप