शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भीड जम्मा गरेर मुख्यमन्त्रीले गरे जग्गा चक्लाबन्दीको उद्घाटन

सोमबार, १५ असार २०७७, १४ : २२
सोमबार, १५ असार २०७७

–सौगात पोखरेल
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्याङ्जाको पुतलीबजार ४ मा रहेको गोठे फाँटमा जग्गा चक्लाबन्दीको उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले रिवन काटेपछि ट्याक्टर चढेर चक्लाबन्दीको उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री गुरुङले जग्गा चक्लाबन्दी र आधुनिक कृषि उपकरणको प्रयोगमार्फत मात्र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । स्याङ्जामा कोरोना संक्रमितको संख्या बढेपछि भिडभाड गर्न रोक लगाइएको भएपनि मुख्यमन्त्रीकै उपस्थितिमा भिडभाडको बीचमै चक्लाबन्दी कार्यक्रमको उद्घाटन गरिएको छ । 

उद्घाटनका लागि मुख्यमन्त्री ट्याक्टरमा बस्दै गर्दा उनका सुरक्षाकर्मीहरु भने ट्याक्टरको जोखिमपूर्ण भागमा बसेर उनको सुरक्षामा खटिरहेका देखिन्थे ।  कोरोना संक्रमण जोखिमका कारण संघीय सरकारले २५ जनाभन्दा बढी जम्मा भएर कार्यक्रम गर्न नपाउने कार्यविधिलाई मुख्यमन्त्री र मन्त्रीहरुले नै रोपाईं महोत्सवका नाममा उल्लंघन गरेका छन् ।

प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा पनि सोमबारै जग्गा चक्लाबन्दी उद्घाटन गर्न तनहुँको बन्दीपुरतिर लागेका छन् । बन्दीपुर स्वास्थ्यकर्मीलाई नै कोरोना देखिएपछि गाउँपालिका शिल गरिएको थियो । तर गाउँपालिकाकै आयोजनामा सोमबारै भीडभाड गरेर कार्यक्रम गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप