एक्सरे गर्न अस्पताल पुगेकी महिलालाई नाङ्गै बनाएपछि युवक पक्राउ
घोराही । दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो ।
घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा एक्सरेका लागि पुगेकी ती महिलाको एक्सरे गर्ने क्रममा अस्पतालका एक्सरे मेन युवाले नाङ्गो बनाइ एक्सरे गर्न लगाएको भन्दै महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकी महीलालाई संवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।
अस्पतालमा एक्सरे गराउन गएकी घोराही १ कि १९ वर्षीया महिला अस्पताल पुगेकी थिइन् । महिला एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियनले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले पनि शरीर पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि अस्पतालमा काम गर्ने टेक्निसियनलाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको बताए । एक्सरे गराउन गएकी महिलाले एक्सरे गराएपछि आफन्तलाई एक्सरे गराउँदा ‘अहिले पुरै शरीर नाङ्गो बनाउँदा रहेछन् है’ भनेपछि घटना सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण