चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदनबारे अनुसन्धान भैरहेको छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रमक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइने बताए । भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशीय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उनले बताए ।
उनले भने– ‘कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भिर रुपमा लिएका छौँ । त्यो सो कल्ड प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउने छौँ ।’
भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उनले बताए । अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उनले बताए । सन् २००६ भन्दा अगाडी ५७ र ६२ सीमा स्तम्भ हराएपनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उनले बताए ।
मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा पनि स्पष्टिकरण दिएका छन् । सांसद प्रमिलाकुमारीले रुई गाउँ नेपालको भएको प्रमाणित हुने दस्तावेज नेपालसँग भएपनि चीनले दावी गरिरहेको विषयमा के हो भन्दै प्रश्न गरेका थिए । मन्त्री ज्ञवालीले सीमाङ्कन हुनुभन्दा अगाडीको समयमा नै सानागाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको उल्लेख गर्दै सीमाङ्कन भएपछि स्थानीयको स्वइच्छाले नै रुई गाउँका बासिन्दाहरु चीनतिर गएको बताए ।
उनले भने– ‘सानागाउँ र रुई गाउँमा परम्परादेखी नै औपचारिक सीमाङ्कन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यतिबेला १ सय १० घर परिवारलाई तपाईहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिले देखि रहेका कागजातहरु कायमै रहेपनि त्यसले ठूलो कानूनी झमेला भएन् । जबरजस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन् । स्वइच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’
मन्त्री ज्ञवालीले नेपाल भारतसमस्या कुटनीतिक वार्ता नै समाधान हुने बताएका छन् । भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उनले वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताए । मन्त्री ज्ञवालीले सीमा विवाद समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ठ सम्बन्ध भारतसँग कायम गर्न सकिने बताए । सीमा विवादको विषयले अन्य दुई देशको सामाजिक, आर्थिक सम्बन्धमा असर पार्न नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने
-
राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ
-
चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
-
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
-
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको हो : महत