गोरखाको बोर्लाङमा महिलाले गरिन् आत्महत्या
सोमबार, १५ असार २०७७, १३ : ४७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–७ स्थित बोर्लाङमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्।
गएराति पटुकाको पासो लगाएर बोर्लाङ–७ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेकी हुन्।
घरमा श्रीमान र अन्य परिवार सुतिरहेको बेला रोकाले आफ्नै पटुकाले पासो लगाएर झुण्डिएको अबस्थामा शव भेटिएको भिमसेन थापा गाउँपालिका–७ का वडाअध्यक्ष नारायण श्रेष्ठले रातोपाटीलाई बताए। खाना खाएर श्रीमानसँगै सुतेकी रोका राती नजिकैको आफ्नै दोश्रो घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी हुन्।उनको श्रीमान सहित २ छोरी र एक छोरा छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि गोरखा लगिएको अध्यक्ष श्रेष्ठले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उकालो चढ्न नसकेको जिप ब्याक भएर दुर्घटना, २ को मृत्यु
-
न्युजिल्याण्डको जितसँगै आयोजक पाकिस्तान ‘आउट’
-
अण्डाको मूल्य बढ्यो
-
मलेप र अख्तियारलाई प्रश्नैप्रश्न
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म