मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

सोमबार, १५ असार २०७७, १३ : ०८
सोमबार, १५ असार २०७७

प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

रुपन्देही,दाङ र प्युठानमा बगेर तीन जनाको मृत्यु भएको छ । भने एकजना बेपत्ता भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ   

तुलसीपुर उपमहानगरपालिका १८ मानपुरस्थित आशा राम विश्वकर्माको घरमा बस्दै आएका सल्यानका कमानसिंह विश्वकर्माकी दुई वर्षीया छोरी एलिना विश्वकर्माको कुलोमा बगेर मृत्यु भएको छ ।

घर आँगनबाट बग्ने कुलोमा परेर बगेकी बालिकालाई केही तल मृत फेला पारिएको प्रहरीले जनाएको छ ।  प्युठानका दुई युवकको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ ।

सरुमरानी गाउँपालिका २ का ३० वर्षीय दीपक परियार र ३२ वर्षीय नविन नेपालीलाई स्थानीय गहना खोला तर्ने क्रममा बगाएको थियो ।

परियारको शव दाङको गढवा गाउँपालिका २ महदेवामा र परियारको शव गढवा १ मलमलास्थित राप्ती नदी किनारमा फेला परेको प्रदेश प्रहरी जनाएको छ । 
यस्तै रुपन्देहीको रोहिणी गा.पा.१ बस्ने ४२ वर्षीय इन्द्रजित कुर्मी पनि सिमलपानी स्थित रोहीणी खोलामा बगेर वेपत्ता भएका छन् । उनको खाजी कार्या जारी रहेको प्रहरीले जनाएको छ । 
रुपन्देहीको देवदहमा एक व्यक्ति मृत अवस्था फेला परेका छन् । देवदह न.पा.२ राजावारीस्थित भित्री कच्ची बाटोको छेउमा हालसम्म एकिन नामथर वतन नखुलेको ४० बर्षको तराई मुलको जस्तो देखिने मृत अवस्था फृला परेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप