शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा नेगेटिभ सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

सोमबार, १५ असार २०७७, ११ : ५१
सोमबार, १५ असार २०७७

काठमाडौं । शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । ९८ दिनपछि सामान्य रुपमा सोमबार खुलेको बजारमा शेयर बिक्री गर्नेहरुको अत्यधिक भीडसँगै परिसूचक ४० मिनेटमा बजार ४८.१७ विन्दु (४.०१ प्रतिशत) घट्दा नेगेटिभ सर्किट लागेको हो । योसँगै २० मिनेटको लागि बजारको कारोबार स्थगित भएको छ । 

साधारण ढंगबाट खुलेको बजार राताम्मे देखिएको छ । बजारमा शेयर बिक्री गर्नेको अत्यधिक चाप देखिएपछि बजारमा कारोबार भएका अधिकांश कम्पनीहरुको मूल्य घटेको छ ।

कारोबार बन्द हुनुअघिसम्म ६९ बटा शेयर स्क्रिपको कारोबार भएकोमा नेपाल इन्भेष्टमेन्ट बैंक, गुडविल फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र नेपाल टेलिकमको शेयरमूल्य मात्रै बढेको छ । अरु सबै शेयरको मूल्य घटेको छ । अधिकांश वाणिज्य बैंकसहित १३ वटा शेयर स्क्रिपको मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

नेप्सेको सर्किट ब्रेकर प्रणाली अनुसार पहिलो १ घण्टामा ४ प्रतिशतले बजार घटेमा २० मिनेटका लागि बजार स्थगित हुन्छ । त्यसपछि खुलेको १ घण्टामा ५ प्रतिशत बजार बन्द भए ३० मिनेटका लागि र फेरि खुलेको १ घण्टामा ६ प्रतिशतले बजार घटे सो दिनका लागि पूरै बजार बन्द हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप