आफूलाई प्रधानमन्त्रीबाट हटाउन ओली आफै कस्सिएर लाग्नुभएको छः लोहनी

राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् । आइतबार नेपालको नयाँ नक्सा जारी गरेबापत आफूलाई हटाउन स्वदेशी तथा विदेशी मिलेर लागेको बताएका थिए ।
यसबारे जवाफ दिँदै लोहनीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ ।’
‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख हेरेको भए यो एकता सम्भव हुने थिएन,’ उनले लेखेका छन्, ‘संसदबाट सीमासम्बन्धि प्रस्ताव निर्विरोध पारित हुने थिएन । यो देख्दादेख्दै अरुलाई बिदेशीबाट सञ्चालित भन्नु तपाईंबाहेक अरु कोहि नेपालमा देसभक्त छैनन् भन्नु हो । यो भनाइ ले तपाई सबै नेपाली जनता को अपमान गर्दै हुनुहुन्छ । आफूबाहेक अरु सबैलाई विदेशी बाट संचालित छन् भन्ने दृष्टिकोण तपाईंको कम्जोर र हतास मनस्थिति को परिचय हो ।’
लोहनीका अनुसार श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी संस्कार, भ्रष्टाचारलाई राजनीति को प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देस जति लुटे पनि लुट्न भने र छुट दिने तपाईंको नव सामन्ती प्रवृत्तिका कारण प्रधानमन्त्रीको विरोध भइरहेको हो ।
लाहनीका अनुसार प्रधानमन्त्रीका शुभ चिन्तकहरु पनि ओलीबाट देश चल्दैन भन्ने निचोडमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन