शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूएईद्वारा पाकिस्तानबाट आउने सबै उडान रद्द

सोमबार, १५ असार २०७७, ०८ : ०१
सोमबार, १५ असार २०७७

संयुक्त अबर इमिरेट्स (यूएई)को जनरल सिभिल एभिएशन अथोरिटी (जीसीएए) ले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा गरेको छ । यसमा ट्रान्जिट उडान पनि समावेश छन् ।

युएईले जबसम्म पाकिस्तान संयुक्त अरब इमिरेट्को रुटमा आउने सबै यात्रुका लागि कोभिड–१९ को परीक्षणको व्यवस्था गर्दैन तबसम्म यो निर्णय लागू गर्ने बताएको छ ।

यूएईले यस्तो कदम मानिसहरुको स्वास्थ्यसँग कुनै खेलबाड नहोस् भन्दै सावधानीका लागि उठाइएको बताएको छ । जीसीएएले यो निर्णयबाट प्रभावित सबै यात्रुलाई आ–आफ्ना एयरलाइन्सलाई सूचित गर्न र आफ्नो यात्राको मिति स्थगित गर्न जानकारी दिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप