बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा अमेरिकी सैनिकको हत्या गर्न रुसले दियो पैसा ?

सोमबार, १५ असार २०७७, ०७ : ४८
सोमबार, १५ असार २०७७

रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल पत्रिकाले रुसी सैन्य गुप्तचर यूनिटले गत वर्ष यसका लागि पैसा दिएको भन्ने रिपोर्ट प्रकाशित गरेको थियो ।

यसै युनिटमाथि युरोपमा घातक हमलाको कोसिसको आरोप लागेको थियो ।

अमेरिकामा रहेको रुसी दूतावासले यस्ता दाबीले आफ्नो कुटनीतिमा खतरा पैदा हुने बताएको थियो ।

यस्तै, तालिबानले पनि यो आरोप खारेज गर्दै आफूले रुसको गुप्तचर एजेन्सीसँग यस्तो कुनै सम्झौता नगरेको जानकारी दिएको छ ।

यो रिपोर्ट यस्तो समयमा सार्वजनिक भएको हो जब अफगानिस्तानमा १९ वर्षसम्म चलेको युद्धपछि अमरिका शान्ति सम्झौताको कोसिस गरिरहेको छ ।

न्यूयोर्क टाइम्सले एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी गुप्तचर एजेन्सीले रुसको जीआरयू सैन्य गुप्तचर एजेन्सीको एक युनिटले आफ्ना विरोधीलाई अस्थिर गर्ने उद्देश्यले गठबन्धन सेनामाथि लुकेर हमला गर्नका लागि पैसा दिएको थियो भन्ने पत्ता लगाएको रिपोर्ट सार्वजनिक गरेको छ ।

पत्रिकाका अनुसार इस्लामी चरमपन्थी वा त्यससँग सम्बन्धित आपराधिक तत्व उनीहरु जोडिएका थिए र उनीहरुले केहि पैसा जम्मा गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘मलाई यसबारे थाहा थिएन ।’

टाइम्सकाअनुसार राष्ट्रपति डोनल्ड ट्रम्पलाई यसबारे मार्चमा नै जानकारी दिइएको थियो । यद्यपि, राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उनलाई यसबारे कसैले पनि जानकारी नदिएको बताए ।

उनले ट्वीटमा भनेका थिए, ‘अफगानिस्तानमा रुसीहरुको हाम्रो सुरक्षाबलमाथि तथाकथित हमलाबारे न नै मलाई न उप–राष्ट्रपति माइक पेन्सलाई जानकारी दिइयो ।’

यस्तै, अमेरिकामा रुसी दूतावासले श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गर्दै पत्रिकामाथि गलत समाचार प्रसारण गरेको आरोप लगाए ।

सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सैनिकको मृत्यु भएको थियो तर न्यूयोर्क टाइम्सले यसमा अहिलेसम्म स्पष्ट जानकारी नभएको बतायो ।

रुसको जीआरयू एजेन्सीमा मार्च २०१८ मा बेलायतो सेलिसबरीमा रुसको डबल एजेन्ट सर्गेई स्क्रिपल र उनकी छोरी युलियामा नर्व एजेन्टमार्फट मार्ने कोसिस गरेको आरोप लागेको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप