केन्द्रीय संस्करण
कोरोना बहस

नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर कोरोना संक्रमण नहुने भन्ने हुँदैन

कोरोना संक्रमण समुदायस्तरमा पूर्ण रुपमा फैलिसकेको अवस्था छैन, दीर्घरोगी, वृद्ध–वृद्धामा नफैलिएको कारण मृत्यु हुनेको संख्यामा कम देखिएको हो

person explore access_timeअसार १५, २०७७ chat_bubble_outline0

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। सही बहसकोचौंथोश्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. सेनेन्द्र उप्रेतीसँग रातोपाटीका लागिमाया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।

नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई कसरी हेरिनु पर्छ?यो कुन चरणमा छ?के यो समुदाय स्तरमा फैलिइसकेको हो?

नेपालका ७७ वटै जिल्ला कोरोना संक्रमण फैलिसकेको छ । महिलाभन्दा पुरुष बढी कोरोना संक्रमित  छन् । भारतबाट स्वदेश फर्किने युवाबाट कोरोना संक्रमण बढी फैलिएको छ ।स्थानीय तह, प्रदेश र केन्द्रिय सरकारले संक्रमणको अवस्था कुन चरणमा प्रवेश गरेको छ भन्ने कुरा जानकारी दिन सकेको छैन ।


भारतबाट फर्किएका व्यक्ति र तिनीहरुको घर परिवारमा मात्रै कोरोना संक्रमण सीमित छ । पूर्णरुपमा समुदायस्तरमा व्यापक रुपमा फैलिएको छैन ।


वर्तमान समयमा तराईका केही जिल्लामा संक्रमण तेस्रो चरण प्रवेश गरेको हो कि भन्ने मलाई छ । तर सबै समुदाय स्तरमा समान तरिकाले व्यापक रुपमा नफैलिएको हुँदा कोरोना संक्रमण दोस्रो चरणभन्दा माथि पुगेको छ । अन्यथा भारतबाट फर्किएका व्यक्ति र तिनीहरुको घर परिवारमा मात्रै कोरोना संक्रमण सीमित छ । पूर्णरुपमा समुदायस्तरमा व्यापक रुपमा फैलिएको छैन ।

संक्रमितको संख्या अति न्यून हुँदा कठोर लकडाउन तर त्यो अत्यधिक मात्रामा फेला पर्दै जाँदा चाहिँ लकडाउन खकुलो पारिएको स्थिति छ । जनस्वास्थ्यको हिसाबले यसलाई कसरी हेरिनु पर्छ?

सवारी साधन चलेका  छन् । बजार खुलेका छन् । बजार, सडक, कार्यालयमा मानिसको आउजाउ व्यापक रुपमा सुरु भएको छ । कोरोना संक्रमितको संख्या कम हुँदा लकडाउन गरियो । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा लकडाउनलाई धेरै खुकुलो बनाएको छ । सुरुमा दुई चार जना संक्रमित हुँदा सरकारले लकडाउन गरेर संक्रमितको संख्या नबढोस् भनेर लकडाउनलाई कडा बनायो । वर्तमान अवस्थालाई हेर्दा लकडाउन चाँडो भएको भनेर भन्न मिल्दैन । लकडाउन ढिला गरेको भए समुदायस्तरमा संक्रमण व्यापक रुपमा फैलिएर अर्कै अवस्था आउन पनि सक्थ्यो ।

कतिपय विज्ञहरुले चैत्र ११ गतेभन्दा एक हप्ताअघि  लकडाउन गरेको भए अहिले भइरहेको कोरोना संक्रमणको दरभन्दा पच्चीस प्रतिशतले घटाउन सकिन्थ्यो भन्दै पनि आएका छन् ।

समाजमा कडाखालको लक्षण भएका संक्रमति देखिन थाले, अस्पतालले बिरामी धान्न नसक्ने अवस्था आयो भने जोखिमपूर्ण अवस्था रहन सक्छ । त्यसैले फेरि कडा रुपमा लकडाउन गर्नपर्ने अवस्था आउन सक्छ ।


सुरुमा लकडाउन गर्दा नै कोरोना संक्रमण    फैलिन नदिनका लागि व्यापक रुपमा सरकारले काम गर्न सकेन । लकडाउन गरेपछि कोरोना संक्रमण फैलिँदैन भनेर ठानियो । कोरोना कुन क्षेत्रमा फैलिएमा कसरी नियन्त्रण,पहिचान गर्ने,अस्पताल,स्वास्थ्यकर्मी,जनचेतनाका कार्यक्रम आदिका बारेमा तयारी नगरेर लकडाउनले कोरोना भाग्छ भनेर बसियो ।


सुरुमा लकडाउन गर्दा नै कोरोना संक्रमण    फैलिन नदिनका लागि व्यापक रुपमा सरकारले काम गर्न सकेन । लकडाउन गरेपछि कोरोना संक्रमण फैलिँदैन भनेर ठानियो । कोरोना कुन क्षेत्रमा फैलिएमा कसरी नियन्त्रण, पहिचान गर्ने, अस्पताल, स्वास्थ्यकर्मी, जनचेतनाका कार्यक्रम आदिका बारेमा तयारी नगरेर लकडाउनले कोरोना भाग्छ भनेर बसियो ।

कोरोनाको संक्रमणको कारण भविष्यमा आउन सक्ने स्वास्थ्य समस्यासँग जुध्नका लागि अक्सिजन, भेन्टिलेटर, आईसियु, संघन उपचार कक्ष, वर्तमान अवस्थामा संचालित अस्पताललाई आवश्यक परेको खण्डमा कोभिड अस्पताल कसरी रुपान्तरण गर्ने जस्ता कुरामा लकडाउनकै बेलामा जोड दिनुपथ्यो ।

तर सरकारले महामारी समुदायस्तरमा व्यापक रुपमा फैलिएमा कसरी अगाडि बढ्ने जस्ता योजना तथा कार्यक्रम कडा लकडाउनको बेला बनाउ सकेन । हाल संक्रमित संख्या बढिरहेको छ तर लकडाउन खुकुलो छ । समुदायबाट मानिस धमाधम बाहिर निस्किएका छन् । त्यसैले घरबाहिर निस्कदा सावधानी अपनाउन आवश्यक छ । अहिलेको अवस्था चैत्र महिनाभन्दाअघिको जस्तो अवस्था होइन । सावधानी नअपनाउनेलाई निगरानीमा राखेर अगाडि बढ्नुपर्छ ।


हाल संक्रमित संख्या बढिरहेको छ तर लकडाउन खुकुलो छ । समुदायबाट मानिस धमाधम बाहिर निस्किएका छन् । त्यसैले घरबाहिर निस्कदा सावधानी अपनाउन आवश्यक छ । अहिलेको अवस्था चैत्र महिनाभन्दाअघिको जस्तो अवस्था होइन । सावधानी नअपनाउनेलाई निगरानीमा राखेर अगाडि बढ्नुपर्छ ।


संक्रमणको फैलावटको आधारमा लकडाउनका नीतिहरु तय गरिनुपर्नेमा सामान्यतः होलसेलमा जस्तै सबैतिर एकैचोटी लकडाउन खुकुलो पारिएको स्थिति छ । तपाईंको विचारमा लकडाउन खुकुलो पार्नको लागि अहिले अपनाइएको तौरतरिकाहरु कत्तिका सुरक्षित छन्?वास्तवमै के गरिनु जरुरी छ?

कोभिड–१९ संक्रमणको बारेमा कति कुरा प्रष्ट छैन । हरेक दिनजसो कोरोनाको बारेमा नयाँ नयाँ कुरा आइरहेको छ । यस भन्दा अगाडि कोरोनाको बारेमा कम जानकारी थियो । वर्तमान समयमा कोरोना फैलन नदिनका लागि व्यक्ति र राज्यले कसरी सर्जकता अपनाउने थाहा पाएका छौं । क्वारेन्टाइनको मापदण्ड सबैलाई थाहा छ । मापदण्डविना सञ्चालनमा ल्याइएको क्वारेन्टाइनबाटै संक्रमित दर बढ्ने, क्वारेन्टाइनमै मृत्यु हुने आदि घटनालाई नदोहोर्‍याउनका लागि लकडाउन खुकुलो बनाएसँगै राज्य सुध्रिन जरुरी छ । सरकारले सुरुवाती समयदेखि आरडिटि परीक्षणलाई प्राथमिकता दिएका कारण वर्तमान अवस्था आएको हो ।

अबका दिनमा पिसिआर परीक्षणको दायरालाई बढाएर कोरोना संक्रमण दरलाई समुदाय स्थरमा फैलनबाट रोक्नुपर्छ । पछिल्लो समय सरकारले गर्नुपर्ने लक्षित समुहलाई वा परीक्षण गर्नुपर्ने मानिसलाई परीक्षण नगरेर पनि  राज्यको पैसा सक्ने काम पनि भएको छ ।

क्वारेन्टाइनमा राखेका वा आशंका गरिएका मानिसको स्वाब संकलन गरेर १८–१९ दिनसम्म पनि परीक्षण नभएको अवस्था छ । अहिले १४ दिनसम्म क्वारेन्टाइनमा राखेर आरडिटि परीक्षण गरेर घर पठाउने गरिन्छ । घर पठाएको केहीदिन पछाडि पिसिआर नतिजा कोरोना पोजेटिभ आयो भनेर थाहा पाउने अवस्था छ ।


परीक्षण गर्न र नतिजा आउन पनि ढिला गरेपछि समुदायमा त्रास फैलने नै भयो । त्यसैले स्वाब संकलन गरेर परीक्षणको गति बढाउन पर्छ ।


परीक्षण गर्न र नतिजा आउन पनि ढिला गरेपछि समुदायमा त्रास फैलने नै भयो । त्यसैले स्वाब संकलन गरेर परीक्षणको गति बढाउन पर्छ । आगामी दिनमा कडा लक्षणका कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएमा सरकारले के गर्ने भनेर योजना बनाएर मौज्दातका रुपमा स्वास्थ्य उपकरण, अस्पताल, स्वास्थ्यकर्मीलाई उच्च मनोवलसाथ तयारी अवस्थामा राख्नुपर्छ ।

आगामी दिनमा आउन सक्ने भवितव्यका लागि सरकारी पक्षबाटै झारा टार्ने काम नगरेर गम्भीर भएर लाग्नुपर्छ । सबै नेपाली राष्ट्रप्रेमी छन्, त्यसैले राष्ट्रमा आइपर्ने समस्याका बारेमा जनता सु–सुचित भएर कोरोना संक्रमणबाट बाँच्ने–बचाउने गर्नुको विकल्प छैन ।

राज्य र जनताले मनबाटै सतर्कता अपनाएको खण्डमा कोरोनासँगसँगै पनि हिँड्न सकिन्छ । लकडाउन खुकुलो भयो भन्दैमा अनावश्यक रुपमा घरबाहिर निस्कने, चिया पसलमा गएर गफ गरेर बस्ने स्थिति अझै छैन । बजार, चोक, चिया पसलमा सामाजिक दुरी कायम नगरिकन हिँडेको बसेको देख्दा समाजमा अझै पनि पर्याप्त जनचेतना पुगेको जस्तो लागेको छैन ।


लकडाउन खुकुलो भयो भन्दैमा अनावश्यक रुपमा घरबाहिर निस्कने,चिया पसलमा गएर गफ गरेर बस्ने स्थिति अझछैन ।

लकडाउन खुकुलो भयो भन्दैमा सावधानीअपनाएर जोखिम सिर्जना गर्नेहरुलाई कार्वाहीको व्यवस्था गर्नुपर्छ ।


त्यसैले लकडाउनलाई खुकुलो पर्दा समुदायमा जनचेतना फैलाउने कामलाई तिव्ररुपमा निरन्तता दिनुपर्छ । लकडाउन खुकुलो भयो भन्दैमा सावधानी नअपनाएर जोखिम सिर्जना गर्नेहरुलाई कार्वाहीको व्यवस्था गर्नुपर्छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लगेको भए चोक, बजार, गल्लीमा मानिसको भीड लाग्थेन होला ।

कोरोना महाव्याधि अब मानव जीवनको अभिन्न अंग बनेर जाने र यससँगै बाँच्न सिक्नुपर्छ भन्ने भनाइ कतिपय जिम्मेवार व्यक्तिहरुबाट आउने गरेका छन् । तपाईंलाई के लाग्छ:वास्तवमै यो निमिट्यान्न पार्न नसकिने खालको महाव्याधि हो?

हामी अन्य समयमा पनि रुघाँखोकी सँगसगै बाँचेका थियौं । कोरोना महाव्याधि अब मानव जीवनको अभिन्न अंग बन्ने भन्ने कुरा के आधार भनियो थाहा छैन । धेरै नयाँ रोगहरुको औषधि  तथा खोप क्रमशः पत्ता लगाएर रोग निको भएका कयौं उदाहरण छन् । वर्तमान समयमा कोरोना निको हुने सत प्रतिशत औषधि पत्ता नलागुन्जेल वर्तमान समयमा  सतर्कता अपनाएर जीवनयापन गर्नुको विकल्प छैन् । विश्वमा कोरोनाको औषधि तथा खोपका बारे धेरै खोज, अनुसन्धान, परीक्षण भइरहेको छ । यस रोगका बारेमा नयाँ नयाँ कुरा जानकारी पाउँदै गएका स्थितिमा आशा गरौं– कोरोनालाई निमिट्यान्न औषधि आउने छ ।

स्वयं प्रधानमन्त्री केपी ओलीबाटकोरना भनेको सामान्य रुघाखोकी जस्तै रोग हो । हामी यसबाट चाहिँदोभन्दा बढी आतंकित भएका मात्रै हौंभन्ने आशय पटक पटक प्रकट हुने गरेका छन् । एक जनस्वास्थ्यविद्को हिसाबले प्रष्ट पारिदिनुस् न,के वास्तवमै यो अतिरञ्जना गरिएको तर यथार्थमा चाहिँ एउटा सामान्य खालकै रोग हो?

प्रधानमन्त्रीले हाम्रो पूर्वीय सभ्यता, रहनसहन, खानपानको विषयमा आधारित भएर बोल्नु भएको होला । हामीसँग चिकित्साका पनि विभिन्न पद्धति छन् । आयुर्वेदिक पद्धति, एलोपेथिक पद्धति, हाम्रा परम्परागत पद्धति आदि छन् । प्रधानमन्त्रीले चाहिँ परम्परादेखि चल्दै आएको कतिपय औषधिहरु छन्, जसको सेवन गर्दा फाइदा हुन्छ भन्ने हिसाबले यो कुरा भन्नुभएको होला ।

प्रधानमन्त्री स्वयंलाई बेसार, अदुवा, मह आदि सेवनका कारण कोरोना संक्रमण हुनबाट जोगिन्छ भन्ने पूर्ण आत्मविश्वास छ भने स्वदेशमा भएका सम्बन्धित विधाका विज्ञलाई अनुसन्धानका लागि अगाडि बढाउनु पर्‍यो ! खोज अनुसन्धानबाट आएको नतिजाको आधारमा प्रधानमन्त्री अहिलेको अवस्थामा जनताको माझमा बोल्नुपथ्यो ।


सामान्यतया हाम्रो भान्सा भएका धेरै कुराले फाइदा गर्छ   तर बेसार र अदुवा खाएर मलाई कोरोना लाग्दैन भनेर बस्नु हुँदैन । यस्ता कुराले केहीफल्स एक्सिडेन्टपनि हुन सक्छ ।


सामान्यतया हाम्रो भान्सा भएका धेरै कुराले फाइदा गर्छ   तर बेसार र अदुवा खाएर मलाई कोरोना लाग्दैन भनेर बस्नु हुँदैन । यस्ता कुराले केही ‘फल्स एक्सिडेन्ट’ पनि हुन सक्छ ।

हामी ‘भर त परियो, पक्का कुराको भर परिएन’ भने समस्या आउन पनि सक्छ । प्रधानमन्त्रीले भनेको कुरा अनुसन्धानको विषय बल्ला । तर त्यसमा मात्रै भर परेर बस्नु हुँदैन । प्रधानमन्त्रीलाई अदुवा वेसारमा आत्म विश्वास लागेको छ भने यस विषयमा थप अध्ययन अनुसन्धानका लागि विज्ञ टोली खटाएर परिचालन गर्नु पर्छ ।

विश्वव्यापी रुपमा कोरोनाको संक्रमण र त्यसले हुने मृत्युको स्थितिलाई अवलोकन गर्दा यसले धनी र सम्पन्न राष्ट्रलाई बढी पिरोलेको तर नेपाल भारत लगायतका देशहरुमा चाहिँ यसको असर कमजोर रहको देखिन्छ । वास्तवमा यसो हुनुको कारण के होला?

भारतमा पकेट क्षेत्र बाहेक कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या कम छ । कोरोना संक्रमण भारतमा पनि व्यापक रुपमा समुदाय फैलिएको छैन । भारतका ठाउँ–ठाउँमा मात्रै समुदायस्तरमा फैलिएको छ ।

मुख्य कुरा संक्रमण व्यापक रुपमा समुदायमा फैलिएपछि मात्रै मृत्यु कतिको  हुन सक्छ भनेर आंकलन गर्न सकिएला । जस्तैऽ समुदायस्तर व्यापक रुपमा फैलिएपछि वृद्धा–वृद्ध, दीर्घ रोगी सबैलाई कोरोना संक्रमण हुन्छ । त्यस अवस्थामा मात्रै धेरै जनाको मृत्यु हुन सक्छ ।


नेपाल,भारतमाकोरोना संक्रमणसमुदायस्तरमा पूर्ण रुपमा फैलिसकेको अवस्था छैन । दीर्घरोगी,वृद्धवृद्धा आदिमा संक्रमण नफैलिएको कारण मृत्यु हुनेको संख्यामा कम देखिएको हो ।


तर नेपाल, भारतमा कोरोना संक्रमण समुदायस्तरमा पूर्ण रुपमा फैलिसकेको अवस्था छैन । दीर्घरोगी, वृद्ध–वृद्धा आदिमा संक्रमण नफैलिएको कारण मृत्यु हुनेको संख्यामा कम देखिएको हो । भारतमा रोजगारको सिलसिलामा गएका युवामा बढीकोरोना संक्रमण देखिएको छ ।

भारतबाट आएका युवाबाट समुदायस्तरमा व्यापक रुपमा संक्रमण वृद्ध–वृद्धाहरुसम्म फैलन पाएको छैन । अहिले अवस्थामा यसै हो भनेर भन्न गाह्रो छ । हाम्रोमा अन्य देशमा भन्दा संक्रमित र मृत्यु हुने संख्या कम होस् । वर्तमान समयमा  यो कारण हो भन्न सक्ने अवस्था हुँदैन । एशियाली तथा नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर कोरोना संक्रमण नहुने भन्ने हुँदैन ।


एशियाली तथा नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर कोरोना संक्रमण नहुने भन्ने हुँदैन ।


प्रतिरोधात्मक क्षमता बलियो छ, आत्मविश्वास बनाएमा त केही हदसम्म काम गर्छ । तर यस कुरालाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कठिन छ । संक्रमितको संख्या बढ्ने मृत्यु हुनेको संख्या धेरै न्युन भयो भने खोजको विषय पनि बन्न सक्छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या विश्वभर हेर्दा भारत नेपाल लगायतका राष्ट्रमा कम छ भन्न मिल्दैन ।

अहिले देखापरेको कोभिड१९ रोग लगाउने कोरोना भाइरसका बारेमा मानिसको बुझाइ र अध्ययन कहाँ पुगेको छ?के मानव जातिले यसको प्रकृति र प्रवृत्तिबारेमा पूर्णतः जानकारी हासिल गरिसकेको छ भन्ने ठान्नु हुन्छ

कोरोना भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनजस्ता संस्था, अन्य ठूला ठूला संस्थाहरु अध्ययन अनुसन्धानमा लागिपरेका छन् । कोरोना भाइरसको बारेमा प्राप्त जानकारीहरु आजको भोलि, प्रत्येक दिनमा परिर्वतन भइरहेका छन् । हरेक दिन जसो यसमा विषयमा नयाँ–नयाँ कुरा पत्ता लगाउँदै गएको अवस्था छ ।


कोरोना भाइरसको बारेमा प्राप्त जानकारहरु आजको भोलि,प्रत्येक दिनमा परिर्वतन भइरहेका छन् । हरेक दिन जसो यसमा विषयमा नयाँनयाँ कुरा पत्ता लगाउँदै गएको अवस्था छ ।


कोरोना भाइरसको बारेमा आज पत्ता लगाएको जानकारी भोलि त्यो होइन, अर्को कुरा रहेछ भन्ने कुरा खोज अनुसन्धानले देखाएका छन् । जस्तै, यसभन्दा अघि कोरोना लाग्नलाई लक्षण देखापर्नुपर्छ भनिन्थ्यो, अहिले लक्षण देखानपरिकन  पनि सर्ने रहेछ भन्ने थाहा भो ।

कोरोना लक्षण कै बारेमा विस्तारै धेरै कुरा बिस्तारै थाहा भो । त्यसैले नयाँ भाइरसको बारेमा जानकारी आउनका लागि समय लाग्छ । यहाँ बसेर कति समय लाग्छ भनेर भन्न सकिँदैन । कोरोनाका विरुद्धमा विश्वमानव समुदाय नै लागिपरेका छन् । कुनै दिन अवश्य पनि खोज अनुसन्धानबाट कोरोनाको औषधि पत्ता लाग्नेमा आशा राखौं ।

गणितीय मोडलिंगका आधारमा कतिपय विज्ञहरु कोरोनाभाइरसको अहिलेको लहर अब विस्तारै ओरालो लाग्दै जाने तर यसले आगामी जाडो मौसममा नयाँ ढंगले दोस्रो लहर सिर्जना गर्न सक्ने खतरा औंल्याउँछन् । तपाईंको विचारमा विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमणको स्थितिलाई नियाल्दा नेपालमा यो कुन तरिकाले कसरी अगाडि बढ्ला?

 नेपाल वर्तमान समयमा संक्रमण उचाइमा चढ्दै छ । कति संक्रमित भएपछि अथवा मृत्यु भएपछि कोरोना संक्रमणको ग्राफ क्रमशः तल झर्छ, भन्न गाह्रो छ । विदेशी मोडल, स्वदेशमा संक्रमित र मृत्यु हुनेको संख्या हेरेर भविष्यमा के यस्तो हुन सक्छ भनेर राज्यले समेत प्रष्टरुपमा बुझाएको पाइँदैन । विगतमा सरकारले बताएको कोरोनासम्बन्धी मोडेल असफल  भइसक्यो ।


 राज्य र जनताले आफ्नो स्थानबाट पूर्ण रुपमा सावधानी अपनाएको खण्डमा कोरोनासँगै हिँड्न सकिएला । तर सरकारले कोरोना परीक्षण,क्वारेन्टाइन,भारतीय नाका,विमानस्थल भएर अन्य देशबाट आउने जनताको बारेमा संवेदनशील भएर ख्याल नगरेको खण्डमा कहिलेसम्म हामी माझ कोरोना संक्रमण रहन्छ वा रहँदैन भन्न सकिँदैन ।


कोरोनाका बारेमा हालसम्म विज्ञानले पत्ता लगाएका कुराको हामीले अनुसरण गर्नु पर्छ । सरकारले अन्य राष्ट्रबाट कोरोना नियन्त्रण पहिचानसम्बन्धी जानकारी हासिल गरेर सान्दर्भिक कुरा, नेपालले नक्कल गर्न मिल्ने कुरा नक्कल गरेर कार्यक्रम योजना बनाएर अगाडि बढ्नु पर्छ । कोरोना पहिचान नियन्त्रणलाई प्रमुख मुद्धा बनाएर वर्तमान समयमा सरकार अगाडि बढ्नु पर्छ ।

 राज्य र जनताले आ–आफ्नो स्थानबाट पूर्ण रुपमा सावधानी अपनाएको खण्डमा कोरोनासँगै हिँड्न सकिएला । तर सरकारले कोरोना परीक्षण, क्वारेन्टाइन, भारतीय नाका, विमानस्थल भएर अन्य देशबाट आउने जनताको बारेमा संवेदनशील भएर ख्याल नगरेको खण्डमा कहिलेसम्म हामी माझ कोरोना संक्रमण रहन्छ वा रहँदैन भन्न सकिँदैन ।

कोरोना नियन्त्रणका नाममा सरकारले लिएका नीतिहरुलाई कसरी विश्लेषण गर्नुहुन्छ?सरकारको नीति निर्णयहरु सही दिशामा अगाडि नबढ्दा तथा क्वारेन्टाइन,लकडाउन लगायतका कुराहरुमा लापरवाही र हेलचेक्र्याइँ गर्दा नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको जस्ता तर्कहरु पनि सुन्ने गरिन्छन् । तपाईंलाई के लाग्छ?

कोरोना नियन्त्रण लागि सरकारले लिएका नीतिलाई लापरवाही र हेलचेक्र्याइँ गर्दा गम्भीर समस्या देखिएका छन् । जस्तै, क्वारेन्टाइनमा मापदण्ड कति राम्रो छ ? तर व्यवहारमा लागु हुँदा क्वारेन्टाइनमा बसेका मानिसको तत्काल उपचार नपाएर मृत्यु भएको छ । १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा पिसिआरको नतिजा आउन ढिला भएर आरडिटि परीक्षण गरेर घर पठाइन्छ । घर गएपछि पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको थाहा पाउँछन् ।


परीक्षण,क्वारेन्टाइनमा वेवास्ता गरेका कारण संक्रमितको संख्या बढ्दै पनि गएको छ ।


त्यसैले परीक्षण, क्वारेन्टाइनमा वेवास्ता गरेका कारण संक्रमितको संख्या बढ्दै पनि गएको छ । नेपाल कोरोना संक्रमण नियन्त्रण तथा पहिचानका लागि तत्काल भएका क्वारेन्टाइनको व्यवस्थापन प्रभावकारी बनाउनु पर्छ । क्वारेन्टाइनलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले मापदण्डअनुसार बनाउन आवश्यक छ । कोरोना परीक्षण पिसिआर विधिबाट गर्नुपर्छ र त्यसको दायरा फराकिलो बनाउनु पर्छ । प्रयोगशाला स्थापना गर्ने तर जनशक्ति र पिसिआर किटको अभाव हुने– यस्तो हुन दिनु भएन ।

त्यसैले कोरोना परीक्षणको दायरा बढाउँदै लक्षित समुहमा परीक्षण गर्नुपर्छ । क्वारेनटाइनमा बसेको १४ दिनसम्म पनि पिसिआरको नतिजा नआउने स्थितिलाई तुरुन्तै अन्त्य गरिनुपर्छ । वास्तविक आवश्यकहरुको गहन ढंगले परीक्षण गरिनुपर्छ । परीक्षणको खासै आवश्यकता  नभएकाहरुलाई परीक्षण गर्नेतिर अल्मलिनु हुँदैन । उदाहरणका लागि, साँच्चैकै आवश्यक परेकाहरुले पिसिआर परीक्षण हुन नसकिरहेको बेला कोरोना परीक्षण गर्न खासै आवश्यकता नभएका सांसदका पिसिआर परीक्षण गर्न हतारिनु हुँदैन्थ्यो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.