शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी युरोपेली देशमा अमेरिकीलाई प्रवेश निषेध

सोमबार, १५ असार २०७७, ०७ : २२
सोमबार, १५ असार २०७७

युरोपेली संघका थुप्रै सदस्य देशमा को आउन सक्छन् र कसलाई प्रतिबन्ध गरिएको छ भनेर ‘सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ ।

यो सूचीमा समावेश देशका जनता जुलाई १ तारिखदेखि युरोपेली संघ र शेंगन इलाकामा प्रवेश गर्न सक्नेछन् ।

यो सूचीमा अमेरिकालाई स्थान दिइएको छैन भने अष्ट्रेलिया र क्यानडेली जनता युरोपका यी देशमा प्रवेश गर्न सक्नेछन् ।

बेलायती जनताको प्रवेश बारे युरोपेली संघले भिन्न रुपमा घोषणा गर्नेछ ।

अन्तिम निर्णय देशको हुनेछः

युरोपेली संघमा प्रवेशका लागि गैर युरोपेली देशको सूची बनाइएको छ, त्यसका लागि ती देशको संक्रमण दर, क्न्ट्याक्ट ट्रेसिङ प्रोग्राम र स्वास्थ्य डाटालाई हेरिएको छ ।

यद्यपि, ‘सुरक्षित’ सूचीमा समावेश यी देशको सबै मापदण्ड पूरा भने भएको थिएन । यो सूचीलाई एक सल्लाहको रुपमा जारी गरिएको छ ।

कोभिड–१९ महामारीको क्रममा सीमाको नियन्त्रणको निर्णय सबै देशले अपनाएका छन् । तर जर्मनीका अनुसार युरोपेली संघले यो महामारीमा मिलेर काम गर्न आवश्यक छ ।

स्मरण रहोस्, जुलाई १ तारिखदेखि जर्मनीले युरोपेली संघको अध्यक्षता सम्हाल्दै छ । हालसम्म यो सूची एक एडभाइजरीको रुपमा जारी गरिएको छ ।

स्रोतः बीबीसी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप