शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत हुँदै नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ

सोमबार, १५ असार २०७७, ०६ : २८
सोमबार, १५ असार २०७७

काठमाडौं – अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने उनले बताए  ।

विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन । वयस्क सलह चारदेखि पाँच हप्तासम्म बाँच्छन् र नेपाल भित्रिएको सलहमा वयस्क एकदम थोरै रहेको छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको भनाइ छ । नेपालमा देखिएको सलह आफ्नै बासस्थान फर्किनेछन् या नेपालमै हराउनेछन् भन्दै उनले थपे, हाल नेपालमा देखिएको कीराबाट आत्तिनुपर्ने अवस्था छैन तर भारतबाट अझै प्रवेश ग¥यो भने समस्या हुनसक्छ ।

उनले भने, ‘‘वर्षाका कारण सलहले पटकपटक ठाउँ सारिरहेको छ । त्यही भएर क्षति भएको छैन । घाम उदायो भने उसलाई शक्ति प्राप्त हुन्छ र झुन्ड बनाएर उड्छ । त्यसले भने क्षति गर्छ तर पानी परिरह्यो भने विस्तारै आफैँ हराउँछ यद्यपि ढुक्क भने हुन सकिन्न । यो समाचार आजको  गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप