पहाडतिर लाग्यो सलह
बुटवल – शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताए ।
पाल्पामा पसे
तानसेन समाचारदाता शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।
गुल्मीमा पनि छिरे
तम्घास समाचारदाताका अनुसार रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको आकासमा एकैसाथ धेरै कीरा देखिएपछि स्थानीयवासी आतङ्कित बने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने