जापानले अस्वीकार गर्यो अमेरिकी प्रस्ताव

एजेन्सी । जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो ।
स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७ शिखर सम्मेलनमा भारत लगायत रुस, अष्ट्रेलिया र दक्षिण कोरियालाई पनि समावेश गर्न प्रस्ताव अघि सारेका थिए । उनले जी ७ लाई पुरानो करार दिएर यो विश्व्यापी परिदृष्यसँग मिल्ने प्रसंग भएको बताएका थिए ।
अमेरिका, बेलायत, जापान, क्यानडा, जर्मनी, फ्रान्स र इटाली पहिले देखिनै विश्वका सात प्रमुख अर्थव्यवस्थाको समूहमा सामेल छन् । एसियाबाट जापानाको मात्र प्रतिनिधित्व रहेको छ । न्युज एजेन्सीका अनुसार एसियाबाट पाएको यो विशेष दर्जालाई जापान गुमाउन चाहाँदैन । यो वर्षको जी ७ शिखर सम्मेलन यसै महिनामा आयोजना गर्ने तय भएपनि कोरोना महामारीका कारण सेप्टेम्बरमा सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )