शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ईरान अहिले सबैभन्दा खराब स्थितिबाट गुज्रिरहेको छ’

आइतबार, १४ असार २०७७, २२ : ४३
आइतबार, १४ असार २०७७

एजेन्सी । ईरानका राष्ट्रपति हसन रुहानीले इरानले अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आइतबार टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति रौहानी सो कुरा बताएका हुन् । राष्ट्रपति रौहानीले कोभिड–१९ को महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धका कारण ईरान निकै खराब स्थितिबाट गुज्रिरहेको बताए ।

उनले भने– ‘कोरोना महामारीका कारण अर्थव्यवस्थामा निकै ठूलो चुनौती देखा परेको छ, त्यसमाथि अमेरिकी प्रतिबन्धका कारण पार पाउन थप गाह्रो स्थिति पैदा भएको छ ।’ उनले थप भने– ‘शत्रु देशले सृजना गरेको आर्थिक दबाब र महामारीका कारण यो वर्ष इरानका लागि सबैभन्दा कठिन समय हो ।’ उनले इरानका लागि सन् २०१८ बाट बढेको आर्थिक दबाब अहिले आएर झन् बढेको बताए ।

ईरान चीनपछि र युरोपभन्दा पहिले कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको थियो । ईरानी स्वास्थ्य विभागकी प्रवक्ता सिमा सादतकाअनुसार अहिले त्यहाँ २ लाख २२ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० औं हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ । राष्ट्रपति रौहानीले आइतबारदेखि भीडभाड भएका स्थान र रेड जोनहरुमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सन् २०१८ मा अमेरिका र इरानबीचको आणविक सम्झौता भङ्ग भएको थियो । त्यसलगत्तै अमेरिकाले ईरानमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले अहिले पनि प्रतिबन्धलाई निरन्तरता दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप