राँगा र खसीको मासुभन्दा सलह किरा पोषिलो
काठमाडौं । नेपालमा शनिवार सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसायिक रुप दिन पनि सरकारले तयारी गरिरहेको छ । सलह किरा मारेर ल्याउनेलाई सरकारले रकम दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए । प्रदेश ५ मा सलह किरा मारेर ल्याउनेलाई किलोको २० रुपियाँ दिने त्यहाँको सरकारले घोषणा नै गरेको छ, केन्द्रबाट पनि यस्तो घोषणा गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
भारत, पाकिस्तान लगायतका देशमा पनि त्यहाँका सरकारले सलह किरा सर्वसधारणबाट खरिद गर्ने गरेको छ । अब मन्त्रालयले पनि त्यसको बारेमा सोच्ने हो कि भन्ने छलफल भइरहेको छ । उनले भने– ‘२० रुपियाँ मात्र होइन, किलोको एकसय दुई सय दिने हो भने त्यसलाई मार्न किसान तथा सर्वसधारणले अझै सक्रिय हुने हो कि जस्तो लागेको छ । त्यतातिर पनि छलफल भइरहेको छ ।’
सलह किरा दानाका लागि एकदमै पौष्टिक तत्व मानिन्छ । नेपालमा त्यसको खपत कति हुन्छ त्यो बेग्लै कुरा हो तर विदेशतिर यसलाई दानाको रुपमा मात्र होइन मानिसले पनि खाने गरेको बताउँदै पर्सामा हिजो मात्रै सलह किरा मारेर खाएको रिपोर्ट मन्त्रालयलाई प्राप्त भएको उनले बताए । मानिसका लागि पनि यसबाट पौष्टिक तत्व प्राप्त हुने बताइन्छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र विषादी विज्ञ महेश आचार्यले सलह किरा मान्छेले पनि खान सक्ने र यसमा राँगा–खसीको मासुमा भन्दा बढी पौष्टिक तत्व पाइने बताए । यसलाई कतिपय देशमा व्यवसायिक रुपमा पनि प्रयोगमा ल्याइएको उनले बताए । तर नेपालमा थोरै मात्रामा आएको हुनाले यसलाई समात्न त्यति सम्भव नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सलह किरा आफै विस्तारै हराएर जानेछ । अझ् भारतबाट आएन भने नेपालमा यो आफैं हराउने मन्त्रालयको निश्कर्ष छ । यसको आयु चारदेखि पाँच हप्ताको हुन्छ । यसले राम्रो वासस्थान पाएन भने यो आफैं मर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै
-
हेटौंडाका कृषकलाई कृषि एम्बुलेन्स