शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को प्रदेशसभा बैठकमा सकियो छलफल

आइतबार, १४ असार २०७७, १८ : १४
आइतबार, १४ असार २०७७

मोरङ । प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ ।
 
प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने सो मन्त्रालयले विनियोजन गरेको बजेटमाथि अधिकांश सदस्यले खुशी व्यक्त गर्दै छनोटमा परेका योजना समयमै सम्पन्न गराउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन् । उनीहरुले मुख्यन्त्री ग्रामीण सडक र विशेष प्राथमिकतामा परेका सडकका लागि विनियोजन भएको बजेट समयमै खर्च गर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदै जनतासँग प्रत्यक्ष जोडिने सो मन्त्रालयले सांसदहरुको महत्व र गरिमालाई ख्याल राख्न छलफलमा आवाज उठाएका छन् । 

उनीहरुले गरिबी निवारणमा ठोस योजना ल्याउनुपर्ने, जनता आवास कार्यक्रम तीव्र गतिमा सञ्चालन हुनुपर्ने भन्दै सिँचाइ र खानेपानी संस्थानमा व्यापक भ्रष्टाचार हुने गरेकाले यसतर्फ मन्त्रालय गम्भीर बन्नुर्नेमा जोड दिइन् । उनीहरुले कोभिड–१९ को बहानामा धेरै योजना काटिएको र नयाँ योजना थपिएका प्रतिचिन्ता व्यक्त गर्दै सदस्यहरुलाई थाहै नदिइ छिर्ने योजनाका बारेमा छलफल गर्नु आवश्यक रहेको बताए ।
 
छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, एकराज कार्की, केदार कार्की, खिनु लाम्बा लिम्बू, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, बिर्खबहादुर प्रधान, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, लक्ष्मण तिवारी, वसन्तीदेवी यादव, हिमाल कार्की र हिराकुमार थापालगायतले बोलेका थिए । अर्को बैठक सोमबार दिउँसो १२ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप