युएईबाट १ हजार ८ सय ८९ नेपाली स्वदेश फर्किए
युएई। संयुक्त अरब एमिरेट्स युएईमा कोरोनाका कारण समस्यामा परेका एक हजार ८ सय ८९ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार युएईबाट १ हजार ८ सय ८९ जना आफ्ना नागरिकहरुको उद्धार गरि स्वदेश फर्काइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।
कोरोनाका कारण युएईमा समस्यामा परेका नेपाली नागरिकहरुको उद्धारका लागि जुन १९ देखि २७ सम्म विभिन्न एयरलाइन्सका ११ वटा चार्टड उडानमार्फत १ हजार ८ सय ८९ जना स्वदेश फर्किएका हुन्।
हिजो शनिबार एक वक्तव्य जारी गर्दै नेपाली दूतावास युएईले उडान प्रक्रिया जारी रहेको बताएको छ।दूतावासको केहि समय अगाडीको तथ्याङ्क अनुसार युएईमा कोरोनाका कारण समस्यामा परेका तीस हजार नेपाली नागरिकहरुले स्वदेश फर्कने फारम भरेका थिए। जसमध्य दूतावासले ४ हजार १ सय १० जनाको एकिकृत नामावली प्रकाशित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी