केन्द्रीय संस्करण

युएईबाट १ हजार ८ सय ८९ नेपाली स्वदेश फर्किए

person explore access_timeअसार १४, २०७७ chat_bubble_outline0

युएई। संयुक्त अरब एमिरेट्स युएईमा कोरोनाका कारण समस्यामा परेका एक हजार ८ सय ८९ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार युएईबाट १ हजार ८ सय ८९ जना आफ्ना नागरिकहरुको उद्धार गरि स्वदेश फर्काइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

कोरोनाका कारण युएईमा समस्यामा परेका नेपाली नागरिकहरुको उद्धारका लागि जुन १९ देखि २७ सम्म विभिन्न एयरलाइन्सका ११ वटा चार्टड उडानमार्फत १ हजार ८ सय ८९ जना स्वदेश फर्किएका हुन्।

हिजो शनिबार एक वक्तव्य जारी गर्दै  नेपाली दूतावास युएईले उडान प्रक्रिया जारी रहेको बताएको छ।दूतावासको केहि समय अगाडीको तथ्याङ्क अनुसार युएईमा कोरोनाका कारण समस्यामा परेका तीस हजार नेपाली नागरिकहरुले स्वदेश फर्कने फारम भरेका थिए। जसमध्य दूतावासले ४ हजार १ सय १० जनाको एकिकृत नामावली प्रकाशित गरेको थियो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.