शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोलिदेखि शेयर बजार खुल्ने

आइतबार, १४ असार २०७७, १६ : १३
आइतबार, १४ असार २०७७

काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।

आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए । 

लकडाउन सुरु भएदेखि अर्थात गत चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २  दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो । 

अब सोमबारदेखि भने पुरानै अवस्थामा कारोबार हुने ती अधिकारीले बताए । उनले भने,  ‘बैठकमा सर्किट ब्रेक र कारोबार अवधिबारे बोलिएको छैन । सम्भवतः पुरानै अवस्थाबाट कारोबार हुनेछ ।’ 

लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप