बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सलहलाई नियन्त्रण गर्न यसो गर्नुहोस्

सानो समुहमा आएको सलहले धेरै नष्ट गर्दैन, नआत्तिनुहोस् तर सावधानी अपनाउनुहोस् : कृषि सचिव
आइतबार, १४ असार २०७७, १३ : ०९
आइतबार, १४ असार २०७७

नेपालमा शनिवार एकाएक सलह किरा प्रवेश गरेपछि अहिले सलहबाट बालीलाई कसरी बचाउने भन्ने चिन्ता र चासो बढ्न थालेको छ । बारा र पर्सामा देखिएको यस प्रकारको किरा सर्लाही, सिन्धुली, रुपन्देही लगायतको जिल्ला देखिएको कृषि तथा पशुपंंक्षी विकास मन्त्रालयले जनाएको छ । नेपालमा भारतबाट सानो समुहको मात्र सलह किरा तितर वित्तर भएर आएकाले यसले धेरै नोक्सानी नगर्ने कृषि सचिव राजेन्द्रप्रसाद भारीले बताएका छन् । त्यही किरा एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गरेको तर नयाँ नभित्रिएको उनले भनाइ छ । पूर्वबाट पश्चिम र पश्चिमबाट उत्तर जाने हावाले ल्याएको सो किरा बारा, सर्लाही र सिन्धुलीतिर आएको र सो को संख्या बढेको नभइ सोही किरा विभिन्न ठाउँमा पुगेको उनले भनेका छन् ।

उनले भने, ‘अझै पनि भारतका केही ठाउँको किरा त्यहाँको हावा नेपालतिर आयो भने नयाँ आउँछ कि भन्ने सम्भावना भएपनि सो सम्भावना न्युन छ । तर जति नेपाल प्रवेश गरे त्यसको संख्या बढ्दैन । ठाउँ भने परिवर्तन गरिरहन्छ । एकै ठाउँमा नबस्ने भएकाले नियन्त्रण गर्न अलिकति समस्या छ । यद्यपि, यसले मरुभुमिमा मात्र फुल पार्ने भएकाले नेपालमा नयाँ जन्मने सम्भावना छैन ।’

आज (आइतबार) ति किराको मुभमेन्ट कता कता भयो भनेर विश्लेषण गर्न विभिन्न विज्ञ र मन्त्रालयलको टोली छलफलमै बसेको भारीले रातोपाटीलाई बताए । यसको रोकथामका लागि किसानले धानमो व्याडमा गएर टिन ठटाउँने, अथवा किरा बटुल्ने जस्ता काम गर्नुपर्ने उनी भन्छन् । यस किराको व्यवस्थापनमा तीनै तह सजग रहन मन्त्रालयले सूचना निकालेरै आव्हान गरेको छ ।

यता विज्ञहरुले पनि सलह किरा एक महिनासम्म मात्र नेपाल रहने बताएका छन् । कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले  वयस्क र बच्चाको समुहमात्र नेपाल पसेकाले एक महिनासम्म मात्र रहेने जनाएका छन् । उनले भने, ‘‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन् ।उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले भने । 

एउटा सानो समुहले २५ सय जनालाई पुग्ने अन्नबाली नष्ट गर्छ

एउटा सलहको झुण्डले एक दिनमा बढीमा १० वटा हात्ती वा २५ सय मानिसले खाने आहार बराबरको बनस्पति नष्ट गर्ने प्लान्ट क्वारेन्टिन एवम विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि सन् १९६२ मा गोदावरी र काठमाडौबाट संंकलन गरी यस्तो किराको पहिचान गरिएको थियो । सन २०१८ मा अरेबियनबाट उत्पत्ति भएको यो किरा सन २०१९ मा यमन, साउदी अरेबियार हुँदै त्यसको उतराद्र्धमा भारत र पाकिस्तानमा प्रवेश गरेको हो । सो ठाउँमा प्रवेश गरेको किरा नेपालमा आउन नसक्ने भनिएको थियो । 

सलहलाई नियन्त्रण गर्न यी उपाय अपनाउनुस्

सलहलाई नियन्त्रण गर्ने प्रभावकारी  उपाय भनेको विषादी प्रयोग नै हो । विषदी प्रयोग गर्दा बिहानको सुर्य उदाएपछि को १÷२ घण्टाको अवधि हो जतिबेला किराहरु घाम तापेर बसीरहेका हुन्छन् । उनीहरुको शरीरमा पर्ने गरी विषदी छर्कनुपर्छ । किरा निण्न्त्रणको लािग एकैपटक धेरै क्षेत्रफलमा प्रयोग गर्नुपर्ने भएकाले पानी मिसाउन नपर्ने अल्ट्रा लो भोल्यूम एक हक्टर क्षेत्रफलमा ०.५ लिटर देखि ५ लिटरसम्मको विषादीको प्रयोग गर्नुपर्छ । यसका लागि एटोमाइजर जडित नोजल भएको स्प्रेयर प्रयोग गर्नुपर्छ । ब्यापक क्षेत्रमा विषदी प्रयोग गर्न ड्रोन, गाडी, हेलिकोप्टर वा जहाजको प्रयोग गर्नुपर्ने हुन्छ । तर यस्ता विषदी नेपालमा तत्काल उपलब्ध छैन ।

यस्ता विषादीको समश्रिमणबाट नियन्त्रण गर्न सकिन्छ

सानो समुहको सलहलाई यी मध्ये कुनै एक प्रयोग गरे पुग्छ । ठुलो समुहमा सलह प्रवेश गरेको खण्डमा सरकारी स्तरबाट यसको नियन्त्रण गर्नुपर्ने हुन्छ । विषादीको प्रयोग गर्दा सुरक्षित पहिरनमा भने ध्यान दिनैपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप