‘जबज’को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनले भने, “जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश गरिरहेको छ ।”
जननेता भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाए ।
सन्देशमा भनिएको छ , “आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीतिअनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ । सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ । यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ । जबज जडसूत्रवाद होइन । माक्र्सवादको सिर्जनात्मक विकासको अत्यन्त सफल सिद्धान्त हो । जबजकै आलोकमा समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”
सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारी र उहाँकै विचारको देन हो भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट